OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ६, २०७९सुर्खेत
६४२ पटक

६ पुस २०७९, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहकार्यमा युएनडिपी, युनिसेफ युएनउमन र समाज जागरण केन्द्र (स्याक) नेपालाद्वारा सञ्चालित ‘व्यवसाय निरन्तरता कार्ययोजना मस्यौदा सम्बन्धी अभिमुखीकरण तथा छलफल’ आज वीरेन्द्रनगर सुर्खेतमा भएको हो ।


उक्त अभिमुखीकरण तथा छलफलमा सहजकर्ता दिनेशचन्द्र जोशीले व्यवसाय निरन्तरता, त्यसको आकस्मिक पूर्वतयारी योजना, सरकारी, गैर सरकारी र नीजि क्षेत्र समावेश लगायतका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । सबै क्षेत्रको समावेशले प्राप्त हुने उत्थानशीलता, प्रशासननिक लचकताका बारेमा पनि सहजकर्ता जोशीले सहजीकरण गर्नुभयो ।

मन्त्रालयको प्राथमिकताको पहिचान, त्यसको प्रभाव मूल्याङ्कन, जोखिम विश्लेषण, आन्तरिक तथा बाह्य स्रोतसँगको अन्तरसम्बन्ध र व्यावसाय निरन्तरता रणनीति तयार गरी जस्तोसुकै परिस्थिति पनि सामान्य सेवा प्रवाह गर्ने उद्देश्य राखेर योजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सम्पूर्ण शाखाका सदस्य हुने गरी विपद् शान्ति सुरक्षा तथा व्यवस्थापन महाशाखा प्रमुख निधिराज न्यौपाने अध्यक्ष तथा विपद व्यवस्थापन शाखा प्रमुख सदस्य सचिव हुने गरी कार्ययोजना तयार गर्ने समिति निर्माण भएको छ र त्यो समितिले तयार गरेको मस्यौदामा पुनः छलफल गर्ने निर्णय भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री दिनेशसागर भुसालले व्यावसाय निरन्तरता कार्ययोजना आजको आवश्यकता रहेको बताउनुभयो । ‘निर्माण हुने हरेक योजनामा जवाफदेहिता आवश्यक छ,” सचिव भुसालले भन्नुभयो, “संकट व्यवस्थापनमा सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्दछ ।”

आजको छलफलबाट निर्मित योजनाले कर्णाली प्रदेशमा विभिन्न निकायबाट हुने सेवालाइ प्रभावकारी हुने शीघ्र हुने विश्वास व्यक्त गर्दै सचिव भुसालले शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोनाले गरेको प्रयासलाइ कर्णाली प्रदेशको सबै पालिकामा लैजाने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका अनुसार यो योजना निर्माणपश्चात नीजि क्षेत्र, सरकारी तथा गैह्र सरकारी क्षेत्रले पनि व्यावसाय निरन्तरता योजन बनाउनु पर्ने खाँचो औंल्याइएको छ । उक्त अभिमुखीकरण तथा छलफलमा सरकारी, गैरसरकारी, नीजि क्षेत्र र पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्