OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर १०, २०७९जुम्ला,
४२३ पटक

जुम्ला । पश्चिम नेपालमा गैरसरकारी क्षेत्रमा ठूलो छवि वोकेको ईन्टरनेश्नल नेपाल फेलोसिप (आईएनएफ) जुम्लाले ७० औ बर्षको बर्षगाठ मनाएको छ ।

आईएनएफले पछिल्लो समयमा कार्यक्षेत्र भएको कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थितिमा आफ्नो दिवश मनाएको छ ।

दिवशको अवसरमा आईएन एफले ईतिहास र गरेका कामको जानकारी गरेको छ । जिल्ला परियोजना संयोजक ईन्द्रबहादुर विश्वकर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दिवशमा शुभकामना दिदै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह वोहराले आईएनएफका राम्रा काममा स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायका कामका आईएनएफबाट सिक्नुपर्ने भएकाले समन्वय सहकार्य बढाउनेमा जोड दिनुभयो ।
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले संसारमा पदमा जति पुगेपनि मानवीय सेवानै ठूलो भएकाले आईएनएफको मिसन भिजन अनुसारको कामलाई सम्मान अनुसार काम गरेको जोड दिनुभयो । उपाध्यक्ष शान्ति मल्ल भण्डारीले सामाजिक क्षेत्रमा आईएनएफको राम्रो काम भएकाले स्थानीय सरकारले आवश्यक सहयोग गर्नेमा जोड दिनुभयो । कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले ओढारमा बस्न वाध्य कुष्ठरोगीलाई उपचार गर्ने काम ठूलो मानवीय धर्म रहेको बताउनुभयो ।

परियोजना संयोजक विश्वकर्माले वेलायती डाक्टर लिली सहितको टिम भारत हुदै पोखरामा सन १९५२ मा कास्कीको पोखरामा सानो खरको छानोमा स्वास्थ्य सेवा शुरु गर्दै, आई साईनिङ अस्पतालबाट शुरु गरिएको सेवा नेपालगंज, सुर्खेत र जुम्लामा पनि काम भएको थियो । पछिल्लो समय सामाजिक विकासमा काम गरिरहेको जानकारी दिनुभयो । आईएफले वार्षिक उत्सवको अवसरमा देउडा गित मार्फत सचेतना कार्यक्रम समेत गरेको थियो ।

बार्षिक उत्सवमा आईएनएफले कुष्ठरोग निवारण, कुपोषण न्यूनिकरण, विपन्नको स्वास्थ्य उपचार, क्लिनिक सेवा हुदै हाल सामाजिक विकासको काम गरेको बिषयमा प्रभावकारी भएको भन्दै सरोकारवाला निकायले धन्यवाद ज्ञापन गरेका थिए ।
बार्षिक उत्सवको अवसरमा १० बर्ष काम गरेका कर्मचारीलाई आईएनएफले सम्मान गरेको छ भने परियोजना सचालित गाउँपालिकालाई सम्मान गरिएका छन् ।

यस्तो छ आईएनफको काम र ईतिहास :परियोजन संयोजकबाट प्रस्तुत प्रतिवेदन,

श्री ७० औ. बार्षिकोत्सव कार्यक्रममा बिशेष अतिथि तथा अतिथि गण
आइ.एन.एफ नेपालको ७० औं वार्षिकोत्सव कार्यक्रममा पाल्नुभएर यसको महत्व र गरिमा बढाइ दिनुभएकोमा संस्थाको तर्फबाट कृतज्ञता तथा आभार व्यक्त गर्दछु ।
यहाँ उपस्थित अतिथिज्यहरू र सम्पूर्णलाई पृष्ठभूमि जानकारीका लागि आई एन एफ नेपालको ७ दशकका कोशे ढुगां संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु ।
नेपाल प्रवेश पूर्व करिव ई.स. १९३४ देखि १९५२ सम्म १८ वर्ष 
बेलायतकी डा. लिली (प्याट) ओ’ हेन्लन र आयरल्याण्डकी हिल्डा स्टील सहितको एक स्वास्थ्य विशेषज्ञको टोलीले नेपाल–भारतको सिमाना नौतनवामा स्वास्थ्य क्लिनिक सेवा सञ्चालन गरेका थिए । उनीहरू मिशनेरीहरू थिए । तत्कालिन नेपालको ढोका विदेशीहरूका लागि बन्द थियो । नेपालभित्र भएको सुन्दर हिमाल, पहाडपर्वतले घेरिएको ठाउँमा त्यहाँका विपन्न र रोगव्यथाको उपचार नपाएका जनताको सेवा गर्ने उनीहरूको दर्शन थियो । पोखराका केही व्यक्ति तथा परिवारहरू पनि उनीहरूसँग जोडिए र त्यस्तो ठाउँ त पोखरानै हुनुपर्छ, त्यही नै सेवाको काम गर्नुपर्छ भनेर उनीहरूलाई प्रोत्साहन गरिरहेका थिए । जब नेपालमा राणाशासनको अन्त भयो र नेपालको ढोका खोल्यो १८ वर्षको प्रतिक्षापछि डा. लिलीको नेतृत्वमा ६ जना विदेशी र ५ जना नेपालीसहित ११ जनाको एक टोली ९ दिनको यात्रा तय गरि सन् १९५२ नेभेम्बर १७ तारिखका दिन पोखरामा प्रवेश गरेको थियो । नेपालीहरूमा याकुब र रिवेका थापा, प्रिस्किला गुरुङ, नोहका छोरा जसलाई माइला भनिन्थ्यो र प्रेम मसिह हुनुहुन्थ्यो । रामघाट निवासी बुद्धिसागर र पुतली गौतम अनि फिलिप गुरुङ भने बन्दोवस्त मिलाउन पहिलेनै पोखरा आउनुभएको थियो । आई एन एफ ले ७०औ वार्षिक उत्सव मनाइरहँदा सम्मान स्वरुप मैले यी महन्वपूर्ण ऐतिहासिक व्यक्तिहरूको नाम उच्चारण गर्न चाहें । यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समलग्न धेरै अरु व्यक्तिहरू अवश्यनै हुनुहुन्छ नै । आई एन एफ नेपाल आज ७० वर्षको उत्सव मनाइरहँदा उहाँहरू सबैप्रति कृतज्ञतासहित श्रद्धा र सम्मान व्यक्त गर्दछ ।
ई.सं. १९५२ देखि १९६०
१९५२ नेभेम्बर १७ तारिखका दिन पोखरा आइपुगेपछि आई एन एफ को यात्रा शुरु हुन्छ । सानो खरको छाप्रोबाट स्वास्थ्य सेवा शुरु हुन्छ, र पछि सिम्पानी पोखरामा पालभित्र र त्यसपछि चम्किला टिनका डोमहरूबाट साइनिङ्ग अस्पताल स्थापना गरिन्छ । अर्कोतर्फ त्यतिबेला ओढारहरू र खोलाका किनारहरूमा अपहेलित र तिरस्कृत जीवन बिताउन बाध्य भएका कुष्ठरोगीहरूको उपचारका लागि हरियोखर्क अस्पतालको निर्माण सम्पन्न हुन्छ र सबैभन्दा पहिलो सात कुष्ठरोगीहरूलाई नवनिर्मित सुविधायुक्त भवनमा भर्ना गरि आफ्नै कोमल हातले ती कुष्ठरोगीहरूको घाउ सफा गर्दै ती डाक्टर नर्सहरूले उपचारको कार्यलाई अगाडि बढाउछन् ।
ई.सं. १९६० देखि १९७०
पोखरामा स्वास्थ्य सेवाको कामलाई निरन्तरता दिंदै अझ दूरदराजका जनतालाई सेवा प्रदान गर्न बाग्लुङमा स्वास्थ्य क्लिनिक शुरु गरियो । स्वास्थ्यमा उपचार मात्र नभई समुदायमा रोकथामको लागि जनचेतना र स्वस्थ रहनका लागि जीविकोपार्जनका कामहरू पनि शुरु गरिए, जुन पछि गएर समुदाय विकासको अर्को महत्वपूर्ण भागका रुपमा विकास भयो ।
स्वास्थ्य र समुदाय विकासमात्र होइन, शिक्षा पनि यस भेगका जनताको टड्कारो खाँचो थियो । यसलाई हृदयंगम गरि तत्कालिन सरकारसँग सम्झौता गरेर आई एन एफ र यु एम एन को संयुक्त पहलमा पोखरामा गण्डकी बोर्डिङ स्कूल (तत्कालिन आदर्श विद्यालय) को स्थापना गरिएको थियो ।
ई.सं. १९७१ देखि १९८०
कास्कीमा पहिलो पटक क्षयरोग कार्यक्रम शुरु भयो । तत्कालिन मध्य पश्चिमाञ्चल क्षेत्रको सर्खेत,जुम्ला, राप्ती र धौलागिरि अञ्चलमा कुष्ठरोग नियन्त्रण तथा रोकथाम कार्यक्रम विस्तार गरियो । तत्कालीन सरकारको अनुरोधमा आई एन एफ ले पश्चिमी क्षेत्रमा राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रमको नेतृत्व ग¥यो भने हरियो खर्क अस्पतालमा नर्सिङ प्रशिक्षणको शुरुवात भयो । सरकारको अनुरोधमा आई एन एफ को आर्थिक र मानव संसाधनमार्फत महत्वपूर्ण योगदान गर्दै त्यतिबेलाको जिल्ला अस्पताललाई गण्डकी अञ्चल अस्पतालका रुपमा विकास गर्न आई एन एफ ले योगदान पु¥याएको थियो र साइनिङ अस्पतालबाट प्राप्त हुने सेवा यसै अस्पताबाट पूरा हनेहुनाले साइनिङ अस्पतालको सेवा बन्द गरेर सानो रुपमा साईनिङ सामुदायीक स्वास्थ्य केन्द्र शुरु गरियो ।
कुष्ठरोग क्लिनिक, सुर्खेत र जुम्ला जस्ता दुर्गम जिल्लाहरूमा विस्तार गरियो । हरियो खर्क अस्पताल र सुर्खेतमा कुष्ठरोग प्रभावितहरूका लागि उपचार पश्चात् सामाजिक–आर्थिक (सोसियो इकोनिमी) पुनस्र्थापना कार्यक्रम शुरु भयो ।
ई.सं. १९८१ देखि १९९०
पोखरामा तिब्बती शरणार्थी शिविरहरूमा स्वास्थ्य कार्यक्रम शुरु भयो । स्वास्थ्य सेवामा नर्सहरूहरूको खाँचो थियो भने, नर्स पढ्ने विद्यार्थी पाउन गाह्रो थियो । मानव संसाधन र आर्थिक सहयोग मार्फत आई एन एफ को महत्वपूर्ण योगदान सहित पोखरामा नर्सिङ क्याम्पस शुरु भयो । बाग्लुङमा बुर्तिबाङ सामुदायिक स्वास्थ्य कार्यक्रम शुरू भयो । सुर्खेतमा क्षेत्रीय क्षयरोग उपचार कार्यक्रम शुरु भयो भने हरियो खर्क अस्पतालमा विशेषत कुष्ठरोगका कारणले अङ्गभङ्ग भएकोहरूका लागि कृत्रिम अङ्ग उत्पादन र प्रत्यारोपणको काम शुरु भयो ।
ई.सं. १९९१ देखि २०००
जुम्लामा क्षयरोग क्लिनिक शुरु भयो । सोही वर्ष पश्चिम म्याग्दीमा सामुदायिक स्वास्थ्य कार्यक्रम शुरु भएको थियो । एड्स सङ्क्रमण तथा लागु औषध रोकथाम कार्यक्रमहरू शुरू गरियो । नेपालगन्जमा क्षयरोग तथा कुष्ठरोग क्लिनिक शुरु भएको थियो । हरियो खर्क अस्पतालमा कुष्ठरोगी बाहेक अन्य विरामीहरूको लागि पनि पुनर्वास सेवा शुरु भयो ।
ई.सं. २००१ देखि २०१०
आई एन एफ नेपालको ५० वर्ष सेवाको स्वर्ण जयन्ती मनाइयो (२००२)। र विदेशीहरूले नेतृत्व गरिआएको आई एन एफ को नेतृत्व र व्यवस्थापन विदेशी नेतृत्वबाट नेपाली नेतृत्वलाई हस्तान्तरण गरियो (२००५)। आई एन एफ को इतिहासमा यो एउटा ठूलो प्याराडाइम सिफ्ट थियो । त्यसपछि नेपाली नेतृत्वले अति विपन्न अवस्थामा रहेका जनताको खाँचोलाई सम्बोधन गर्न समय सापेक्ष हुँदै नेपाल सरकार र सबैसँग सहकार्य गर्दे आई एन एफको सेवालाई अगाडि बढाउँदै आएको छ ।
ई.सं. २०११ देखि २०२२
आइ एन एफ नेपालले सन १९७८ मा जुम्लामा कुष्ठरोग तथा क्यान्सर ल्किनिक सेवाको शुरुआत तथा सन २००५ बाट समुदाय पोषण कार्यक्रम संचालन गरेको थियो । त्यसै गरि सन् २०१३ देखि स्वास्थ्य तथा समुदाय बिकास कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हाल कनकासुन्दरी गाँउपालिकामा तीन वटा परियोजना ( ध्भ्ब्ी,क्ज्च्क्ष्व्ब्ल्ब् बलम ब्अतष्खभ) तथा पातारासी तथा गुठीचौर गाँउपालिकामा सम्बृद्धि परियोजना महिला शसक्तिकरण, जिबिकोपार्जन र अपाङ्गताको क्षेत्रमा क्रियाकलापहरु संचालन गरिहेको छ ।
यसरी अहिले आई एन एफ नेपालले सर्वाङ्गिण सेवाको अवधारणा र विशिष्ट स्वास्थ्य सेवा र समुदाय विकासका कामहरूलाई अति विपन्न समुदायसम्म पु¥याउँदै देशका पश्चिमी विशेष दुर्गम पहाडी भेगमा आफ्ना सेवाहरूलाई निरन्तरता दिइरहेको छ । करिव ४५० जना कर्मचारीहरू मार्फत, वार्षिक बजेट करिव ८० कारोड खर्च हुने गरि आफ्नो सेवालाई अगाडि बढाईरहेको छ ।
आई एन एफलाई आजको अवस्थामा आइपुग्न महत्वपूर्ण योगदान पु¥याउने संस्थापकहरू, सरकारी तथा गैरसरकारी निकायहरू, स्थानीयवासीहरू, सबै चुनौतिका वाबजुत पनि दत्तचित्त भएर निरन्तर सेवामा लागिरहने कर्मचारीहरू, सेवाग्राहीहरू, दातृनिकायहरू, विभिन्न कालखण्डमा यस संस्थालाई नेतृत्व गर्ने नेतृत्व वर्ग लगायत सबै शुभेच्छुकहरूको योगदानबाट नै सम्भव भएको हो ।
हामी आज यो ७०औं वर्षगाँठ विभिन्न उत्सवहरूसहित आनन्दको आदनप्रदान गर्दै मनाईरहेका छौं । यसै अवसरमा आजको यस कार्यक्रममा आफ्नो अमूल्य समय प्रदान गरि पाल्नुभएर यस कार्यक्रमको महत्व र गरिमा बढाइदिनुभएकोमा, हाम्रा प्रमुख अतिथि, अतिथि ज्यूहरु तथा सम्पूर्ण उपस्थित आमन्त्रित व्यक्तित्वहरू र संस्थाका परिवार सबैप्रति कृतज्ञता व्यक्त गर्दै, आगामी दशकहरूमा पनि यहाँहरूको सहकार्य, सहयोग र साथको निरन्तरताको अपेक्षा गर्दै संस्थाको तर्फबाट धन्यवाद र कृतज्ञतासहित यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु । धन्यवाद ।

 

प्रस्तुतकर्ता : ईन्द्रबहादुर वि.क आईएनएफ जुम्लाको परियोजना संयोजक हुनुहुन्छ ।

 

 

 

प्रतिकृया दिनुहोस्