OnlinePana

आज : २०८२ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १९, २०८२
४१ पटक

 

facebook sharing button

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।

बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।

उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य बलियाे बनाईनेछ ।

 

 

प्रतिकृया दिनुहोस्