OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७७काठमाडौं
५७८ पटक

नेपालमा कोरपाटी डटकमको परिक्षण प्रकाशन –प्रशारण आरम्भ भएको छ । कोरपाटी डटकमले आफुलाई समाचार मुलक नेपाली अनलाइन मिडियाको रुपमा ३ मे २०२० अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको दिन देखी आफ्नो परिक्षण प्रकाशन – प्रशारण सुरु गरेको हो ।
अहिले विश्व अनलाईन समाचारमा तीब्र गतिमा अगाडी बढि सकेको छ । त्यति मात्र हैन पौराणिक कालमा परेवालाई समाचार आदान प्रदानको संवाहकको रुपमा लिइने गरिन्थ्यो । नेपालमा समाचार कटुवाले प्रथा हुदै, बाजा, ढोला त्यसपछि हुलाकको माध्यमबाट सूचना जानकारी सहित पत्रपत्रिका, रेडियो, टेलिभिजन यूगबाट यहाँ सम्म आई पुगेको समयमा हामीले प्रतिस्पर्धात्मक बजारमा यो अनलाईन पस्केका छौ ।
विश्वका अरु मुलुक जस्तै नेपाल पनि ति सबै संचारमाध्यमका साथै डिजिटल अनलाइन संचारमाध्यमको पहुचमा पुगिसकेको छ । त्यति मात्र हैन नेपालमा अनलाइन सञ्चारमाध्यमको विकास पनि त्यति नै तीब्र गतिमा भइसकेको छ । यसरी हेर्दा विकास उन्मुख मुलक नेपालबाट विश्वका गतिविधि हाम्रै आफ्नै शैलीमा सकारात्मक तरिकाले प्रवाह गर्नु कोरपाटीको उद्देश्य रहेको छ ।
गोलो पृथ्वीलाई हामीले कोरपाटी मिडिया प्रा.ली मार्फत नेपालमा तत्कालिन खस साम्राज्यको राजधानी, अथाह प्रकृतिको स्रोतको धनि कर्णालीको जुम्लालाई केन्द्र बनाएर संसारलाई जोडने गरी कोरपाटी अनलाइन सेवा सुरु गरेको कुरा आम महानुभावहरुलाई जानकारी गराउदछौ । अनालाईनको यूगमा मानिस संसारको जुन कुनामा बसेपनि त्यहाँ केन्द्र हो भन्ने मान्यताका आधारमा हामीले यस पटक नेपाली भाषाको उद्गम स्थल जुम्ला केन्द्रविन्दु वनाएर कर्णाली प्रदेश, नेपाल र प्रवासी नेपालीलाईनै प्रतिनिधित्व गर्ने प्रयास गरेका छौ ।
परिर्तनका हरेक समयमा सहिदहरुले जोगाएको देश र जनताले पाएको स्वतन्त्रता माथी कुनै प्रकारको हस्तक्षप हुन नदिन कोरपाटी कोरको रुपमा स्थापित हुने अपेक्षा गरिरहेका छौ । जहाँनीय राणा शासनको विरुद्धमा डटेर लडि ज्यान गुमाउने शुक्राराज शास्त्री, ंगंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर होस, वा परिवर्तनका हरेक समयमा सहिद वा कान्छो प्रदेश कर्णाली स्थापना गर्न ज्यान आहुति गर्ने महन सहिद हरिवहाँदुर कुँवर र अन्य ३ जना कर्णाली आन्दोलनका सहिदको सपनामा हाम्रो कलम दौडिरहने छ । तपाईको सृजना र प्रतिभा समाजको विकास, शुसासन, सस्कृति सभ्यताका लागि हामी तपाईहरुको साथमा डटनेछौ ।
नेपाली भाषाको उद्गमस्थल बाट, सहिद हरिवहाँदुर कुँवरले वलिदान गरेको भूमिबाट डिजिटल सञ्चार माध्यम कोरपाटी सुरु गरेका छौ । यहाँबाट सुरु गरेको अनलाइनले राजधानी काठमाडौँका मिडियाको जस्तो कर्पोरेट हैसियत काम गर्न नसक्ला भन्नेहरुको भ्रम हटाउदै निरन्तर सबैको कोर बन्ने कोशिसमा रहने छौ । यस अघि हामीले तमाम अभावका विचबाट श्रमजीवि पत्रकारहरुले असम्भव भनिएको दैनिक पत्रिका कर्णाली सरोकार प्रकाशन गरेर सम्भव तुल्याई दिएका छौ ।
नेपालमा अनलाइनको अभावमा कोरपाटी आएको नभई, एउटा पृथक सोच र शैली कोरपाटीको विशेषता हुनेछ । सिञ्जाले जसरी त्यतिवेलानै खस जाति तिब्बतीय मुलका व्यक्तिहरुको सन्तुलित विशाल सफल राज्य खडा गर्न सक्षम भएको थियो । त्यसैगरी हामी मातृभूमि नेपाललाई अनलाईन मिडिया मार्फत विश्व सामु सत्य स्थापित गराउने हाम्रो प्रयास पनि हुनेछ । पृथ्वीको भित्री भाग अर्थात कोर जस्तै समाजका गतिविधिहरु पस्कने हाम्रो अभियानमा यहाँहरु ‘हाम्रा पाठक सवैको’ हातेमालो हुनेछ । साच्चै नै हामी कोरपाटीलाई सवैको साझा बनाउन चाहान्छौ । हामीले नेपालको उच्च पहाडी भाग जुम्लाबाट सुरु गरेको कोरपाटी एउटा फराकिलो मञ्चको रुपमा रहने छ । कोरपाटी नेपालको पत्रकारिता क्षेत्रको आँचार सहितामा रही, स्वतन्त्र, सबैका समाचार र सन्तुलित विचारहरुले स्थानको थलो हुनेछ ।

प्रतिकृया दिनुहोस्