OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७७नेपालगञ्ज
३६३ पटक

२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए ।

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे ।

उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

साथै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  साभार :अनलाईन खबर

प्रतिकृया दिनुहोस्