OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २१, २०७९सुर्खेत
४५१ पटक

 २१ कात्तिक २०७९, सोमबार

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले पहिलो पटक सुर्खेतमा आयोजना गरेको ११औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ ।

कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भईरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक श्रोतालाई निशुल्क हेर्ने अवसर मिलाइएको नेपालका लागि युरोपेली युनियनको डेलिगेशनका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो ।

“महोत्वस भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालन गरिएको छ,” सूचना अधिकारी मैनालीले भन्नुभयो, “चलचित्रप्रति दर्शकको आकर्षण पनि बढेको र उत्साह पनि थपिएको पाएका छौं ।” असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ । भोलि कात्तिक २२ गते समापन सत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना भ्mयालको पुतली’ देखाइनेछ । ऐना झ्यालको पुतलीले हालैका दिनहरुमा थुप्रै प्रशंसा कमाएको छ ।

नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख डा.जोएले इभोनेटले काठमाडौंबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको प्रतिक्रिया दिनुभयो । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीबासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने विश्वास डा.जोयलेले व्यक्त गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले युरोपियन युनियनसंग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । फिल्मबाट युरोप र नेपालको साँस्कृतिक र सामाजिक जीवनबारे थाहा पाउन एवं एक आपसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको उहाँले बताउनुभयो । आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न आयोजकलाई उपकुलपति प्राडा.सिंहले सुझाउनुभएको छ ।

चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई महोत्सव समापनको दिन मास्टरक्लास सञ्चालन गर्ने जनाइएो छ । आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए । दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिनुभयो भने । सुर्खेत लेकवेशी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रो लिंगीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्