OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १८, २०७९जु
३५० पटक

 

१८ कात्तिक २०७९, शुक्रबार

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुको भाडा दर कायम गरिएको छ ।

यही असोज १९–२४ गतेसम्मको मनसुनजन्य विपद्का कारणमा कर्णालीमा आएको बाढी र पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त भएर २० दिनसम्म राजमार्ग बन्दपछि आकाशिंदो तरिकाले बढेको भाडा दर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यलय जुम्लामा कात्तिक १५ गते बसेको बैठकले नेपाल सरकारको २०७९ असार २७ गते निर्धारण गरेको भाडा दर अनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले निर्धारण गरेको उक्त मितिको भाडा दरमा अहिलेको बजार मूल्यलाई आधार मान्दै १५ प्रतिशत बढाएर कायम गरिएको छ । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार २८३ भाडा दरमा १५ प्रतिशत बढाएर रु.एक हजार ४७५ पुर्याइएको छ । त्यस्तै, मिनिबस÷हाइसको एक हजार ५७० लाई बढाएर रु.एक हजार ८०५ कायम गरिएको छ ।

त्यस्तै, जुम्ला–सुर्खेत जीपको लागि रु.एक हजार ८४५ मा १५ प्रतिशत बढाउँदा रु.दुई हजार १२१ भाडा पुगेको उहाँले बताउनुभयो । प्रमुख महतका अनुसार जुम्ला काठमाडौंका लागि रु.चार हजार भाडा लिने गरेको बसको भाडा दर रु.तीन हजार २२० कायम गरिएको छ ।

नागरिकहरुले अटोरिक्सा, जीप, हाइस÷मिनिबस, बसलगायतका सवारी साधनहरुले महंगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले सवारी यातायात सम्बन्धी भाडा दर कायम नगरेको र कानून पनि नबनाएकोले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडा दर कायम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी केसरीले बताउनुभयो । तथापि तत्काल नागरिक र व्यवसायी दुवैको समस्य बुझेर भाडामा हेरफेर गरिएको उहाँको भनाई छ ।

सवारी यातायातसम्बन्धी ऐन नबनेका कारण मनोमानी तरिकाले व्यवसायीहरुले भाडा असुल्ने गरेको नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले बताउनुभयो । नागरिकलाई केन्द्रमा राखेर व्यवसायीहरुले न्यायोचित भाडा लिनुपर्ने र त्यही अनुसार सेवा दिनुपर्ने उहाँको भनाई छ ।

स्थानीय दिपक शाहीका अनुसार १५ प्रतिशत भाडा बढाएर दर कायम गरेपनि यातायात व्यवसायीहरुले दुई÷चार सय बढी नै असुल्ने गरेको जनाउनुभयो । यसले गर्दा तल झर्ने नागरिकहरु यति बेला निक मारमा पर्दै आएका छन् । उहाँका अनुसार यस विषयमा सम्बन्धित जिल्लाका नियमकारी निकायले अनुगमन तथा नियमन भएको देखिदैन ।

नेपाल सरकारको निर्धारित भाडा दर अनुसार पक्की सडकमा ठूलो सवारी साधन प्रति कि.मि.५.३९, मझौला सवारी साधन प्रति कि.मि.रु.६.६० र सानो सवारी साधन प्रति कि.मि.रु.७.७५ छ । यसमा अहिले १५ प्रतिशत बढाउने निधो जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्तिक १५ गते बसेको सम्बन्धित सरोकारवालाहरु सहभागी बैठकले गरेको छ ।

कायम भाडा दर कार्यान्वयनमा आएन

व्यवस्थापक एवं नियमनकारी निकायहरुले भाडा दर कायम गरेपनि यातायात व्यवसायीहरुले त्यसलाई कार्यान्वयनमा ल्याएको पाइदैन । चार दिन अघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दर भन्दा बढी बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताउनुभयो । उहाँ अनुसार जुम्ला–सुर्खेत हाईसको भाडा रु.एक हजार ८०५ हुँदा जुम्ला कुडारीबाट सुर्खेत चढ्दा रु.६०० बढी तिरेको बताउनुभयो ।

छोटो दूरीमा चल्ने अटो रिक्साले प्रति कि.मि.रु.८.५२ र जीप÷भ्यान रु.७.५९ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रति किलोमिटर रु.१२ देखि १४.२८ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गर्नुभयो । विपद्ले कर्णाली राजमार्ग बन्द हुँदा महंगिएको भाडा दर नियन्त्रण गरिएपनि नागरिकहरुले महंगो भाडा तिर्नुपरेको तर स्थानीय प्रशासन र यातायात व्यवस्था सेवा कार्यालयले अनुगमन र नियमन नगरेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्