OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १२, २०७९ जुम्ला,
४८३ पटक

 

कात्तिक १२ गते । संविधन २०७२ का हस्ताक्षरकर्ता मध्यका दुई जना अहिले जुम्लाबाट उम्मेदवार वन्ने अवसर पाएका छन् । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही प्रदेशसभा सदस्यमा उम्मेदवार वनेका हुन् ।

संसदमा माओवादीले संविधान वनाउने वेलामा जु्म्ली महिला नेता मध्यका एक कुँवरलाई सांसद बनायो । पछिल्लो परिवर्तनको सवैभन्दा ठूलो दस्तावेज संविधान वनाउने आफ्नो कर्तब्य पुरा गरेको त्यो दिन अहिले पनि कुँवरलाई झल्झल्ती याद आउछ ।

दोस्रो संविधानसभाको समयमा समानुपातिक सांसद वन्नु भएकी कुँवरलाई २०७२ साल असोज ३ गते संविधान घोषणा भएको दिन नेपालीका लागि ऐतिहासिक र महाउत्सव हुनेनै भयो ।

तर अहिले आफु मैदानमा उम्मेदवार बन्ने अवसर हुदा जनताले संविधान वनाउन पठाएर काम गरि फर्किएको त्यो क्षणले वा संविधान २०७२ ले अहिले संघीयता कार्यान्वयनको दिशातिर लागेको बताउनु हुन्छ ।

नेपालमा अहिले जुन राज्य प्रणाली छ । संघीयता, समानुपातिक, तिन तहको सरकार अझत गाउँमै सिंह दरवार अर्थात जनताको सवैभन्दा बलियो मानिने स्थानीय सरकार, नागरिकको वाक स्वतन्त्रता संविधानको उपहार भएको उहाँ ठान्नु हुन्छ ।

पत्रकारको जिज्ञासामा उहाँ भन्नुहुन्छ । संसदले संविधान प्रमाणित गर्ने त्यो दिन नयाँ वानेश्वर मात्रै नभई देशभर नै खुशी छाएको थियो । त्यो अवसर दिने नेपाली जनतालाई धन्यवाद छ ।

लामो समय नेपाली जनातको सहभागितामा वनेको संविधानको प्रमाणिकरण गर्ने दिनको बिषयमा म एकछिन संसद भवनको दृश्य सम्झिन्छु । भवन वाहिरको दृश्य र भित्रको अनि देशभर जनताको उत्साह !

संसदमा हामी संविधानका हस्ताक्षरकर्ता अर्थात पक्षधर र संविधान नमान्ने राप्रपा जस्ता पार्टीहरु त्यही थियौ । त्यो दिन संसदमा उपलब्ध सवै प्राय सांसदहरु समयमै हलमा पसिसकेका थियौ । संविधानको पक्षमा अत्याधिक बहुमतले पारित भएपछि तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधानको किताब शिरमा ढोगेको, हामी जनताका प्रतिनिधिले तालि बजाएर अनुमोदन गरेको अहिले पनि ताजा छ ।

जव हलले अत्याधिक बहुमतले गणगणावत तालि बजाएर संविधानको अनुमोदन पछि आफुलाई यूद्ध लडेको, र यूद्धमा माओवादीले वोलेको वाचा, खुशीको एक सपना पुरा भएको महशुस भएको उहाँ बताउनु हुन्छ ।

संविधान वनाउने अवसर दिने जनताले अव भने फेरी यस पटक आफुलाई प्रत्यक्षमा साझा गठवन्धनको उम्मेदवार वनाएर पार्टीले मैदानमा पठाएकोले जनताले अवसर दिए भने संविधान र संघीयताको कार्यान्वयनको विशेष भूमिका खेल्ने, जुम्लाको समृद्धि र विकासमा नेतृत्वदायी भूमिका खेल्ने उहाँले प्रतिवद्धता गर्दै आउनु भएको छ । अझत आम समावेशी र आधा आकाश महिलाको प्रतिनिध्वि अव निकै अवसरको बिषय बन्ने उहाँ थप्नु हुन्छ ।

कर्णालीमा ठूला दलको एक्लो महिला उम्मेदवार :
माओवादीले पछिल्लो परिवर्तनमा सवैभन्दा बढि अपनत्व लिने गर्दछ । संघीयता, समावेशी, गणतन्त्र जस्ता परिवर्तन जनयूद्धको बलमा आएको दावी पनि गर्दछ । पछिल्लो समय राजनितिक सहभागितामा भने तुलनात्मक रुपमा महिला प्रत्यक्ष निर्वाचनमा कमी देखिन्छ । यस पटकको निर्वाचनमा कर्णाली प्रदेशमा संघमा ५ जना र प्रदेशमा ३ जना महिला उम्मेदवार मध्य ठूला दलको तर्फबाट माओवादीका गोमा कुँवरले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भई उम्मेदवारहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फ दलहरूले निकै न्यून महिलालाई मात्रै उम्मेदवार बनाएका छन् ।

कर्णाली प्रदेशमा त महिला उम्मेदवारको संख्या आधा दर्जनभन्दा पनि कम छ । प्रमुख राजनीतिक दलहरूबाट एकजना मात्रै महिला उम्मेदवार जुम्लाकी गोमा गौतम कुँवर हुनुहु्न्छ । नेकपा (माओवादी केन्द्र) ले उहाँलाई जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । उसो त प्रतिनिधिसभामा माओवादीका १० उम्मेदवार मध्य प्रतिनिधिसभामा उहाँ पर्नुहुन्छ ।

कर्णालीमा सत्ता गठवन्धनले पाएको उम्मेदवारीमा प्रतिनिधिसभाको उम्मेदवारमा जुम्लाबाट कुँवर अहिले मैदानमा हु्नुहुन्छ । जुम्लाबाट माओवादीका प्रभावशाली नेता नरेश भण्डारी तथा मनऋषि धिताल समेतलाई पछि पार्दै पार्टीले कुँवरलाई उम्मेदवार बनाएको छ ।

कुँवर माओवादीको तर्फबाट मात्रै नभई सिंगो गठवन्धनको तर्फबाट जुम्लाबाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ । उसोत नेकपा माओवादी केन्द्रले देशभरी उम्मेदवार बनाएका १० महिला मध्य उहाँ एक जना कर्णालीको जुम्लाबाट टिकट पाउनु संविधानमा समानताको रक्षा भएको पनि हुनुपर्छ । जवकी संसदीय ईतिहासमा बि.सं २०६४ सालमा सत्य पहाडीपछि कुँवर प्रत्यक्ष निर्वाचित हुनुभएको ईतिहास छ ।

जनयुद्धमा यात्रा :
नेकपा(माओवादी)को नेतृत्वमा सशस्त्र युद्ध चर्किंदै थियो । युद्धको प्रभाव सुरुदेखि नै कर्णालीका जिल्लाहरूमा बढी प्रभाव थियो । जुम्ला पनि त्यसमध्ये एक हो । जुम्लाको तातोपानीमा जन्मिएकी गोमा त्यसको प्रभावबाट पर रहन सकिनु भएन । कक्षा ७ मा पढ्दै गर्दा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भइन् । त्यतिबेला विद्यार्थीहरू पनि संगठित हुनुपर्छ, आफ्ना आवाजहरू उठाउनुपर्छ र समान हिसाबले सुविधा पाउनुपर्छ भनेर विद्यार्थी संगठनमा लागेको बताउनु हुन्छ ।

कुँवर विद्यार्थी संगठनमा हुँदाहुँदै वाइसिएलको एरिया कमिटीको सचिव भइन् । ‘यो अन्यायको विरुद्ध हो । जहाँ शोषक, समान्तहरूले हामीलाई हेपचेप गरेका छन् । हामीहरू यसको विरुद्ध लागेका छौँ भनेर भनिन्थ्यिो । यही कुराले म प्रभावित थिएँ र मलाई राजनीतिमा तान्यो’ उहाँले भन्नुभयो ।

वाइसिएलको सचिव भएपछि उहाँ प्रहरीको खोजीमा परेको सम्झनु हुन्छ । उहाँलाई पक्राउ गर्न प्रहरी टोली गाउँसम्म पुग्थ्यो । उहाँ प्रहरीबाट बच्दै राजनीतिमा अघि बढ्नुभयो । परिवारका सदस्यले उहाँलाई राजनीति नगर्न पटक–पटक सम्झाउथे । उहाँले छोड्नु भएन । आफूलाई राजनीतिमै समर्पित गर्न अग्रसर भएको बताउनु हुन्छ ।

२०५६ सालबाट उहाँ पूर्णकालिन रूपमा राजनीतिमा लाग्नुभयो । जुम्लामा पार्टी संगठनमै रहेर काम गर्दै पार्टीले सञ्चालन गरेको ‘कर्णाली जनहातेमालो अभियान’ अन्तर्गत जुम्लासहित कालीकोट र दैलेख लगायतका जिल्लामा पुगेर द्वन्द्वको समयम जनयुद्धमै होमिएको दलमा आवद्ध भएर राजनीति गर्नु सजिलो कुरा थिएन । तर उहाँले यो चुनौतीलाई स्वीकारेर अघि बढ्निु भयो पार्टीको एरिया सदस्य, जिल्ला कमिटी सदस्य, महिला संगठनको इन्चार्ज हुँदै पार्टीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । जनयुद्धताका उहाँले जनमुक्ती सेनाको राजनीतिक कमिसार भएर पनि काम गरेको अनुभव छ ।

जनयुद्धमै रहँदा कुँवरको विवाह भयो । श्रीमान् पार्टीको जनमुक्ति सेनामा, उहाँ त्यहाँ संगठनमा रहेर काम गर्दै विहेपछि पनि दुवैले पार्टीमै रहेर राजनीति गर्दै आएका छन् । शान्ति प्रक्रियापछि कर्णालीमा महिला संगठनको अध्यक्ष हुनुभयो । अहिले महिला संगठनको केन्द्रीय सचिवसमेत समेत रहेको बताउनु हुन्छ ।

युद्धमा लागेपछि पढाइ रोकियो । तर पढ्ने इच्छा राकिएको थिएन । कक्षा दश पढ्दै गर्दा पूर्णकालिन राजनीतिमा होमिएकी उनले शान्ति प्रक्रियामा आइसकेपछि एसएलसी दिइन् । अहिले उनी स्नात्तक तहमा अध्ययनरत भएको बताउनु हुन्छ ।

संविधानसभा र सरकारमा :
२०७० सालमा संविधानसभा सदस्यको दोस्रो निर्वाचन भयो । उहाँ समानुपातिकतर्फबाट संविधान सभाको सदस्य बन्नु भयो । यति मात्र होइन, नेपाल सरकारको राज्यमन्त्रीसमेत हुने अवसर मिल्यो । यसरी जुम्लाको कुनै विकट वस्तीबाट बाल्यकालमै विद्यार्थी राजनीति सुरु गरेकी गोमा जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिको मूलधारसम्म आइपुगेको ईतिहास छ । संविधानसभामा हुदा नै छोरी संजीवनिको जन्म भयो । संजिवनि वोकेर राज्यमन्त्री हुदा काम भयो । छाटो समयमा सरकारमा हुदा पनि काम गरिएको अनुभव छ ।

उहाँको राजनीतिक जीवन त्यति सजिलो भने छैन । यहाँसम्म आइपुग्न राजनीतिमा धेरै दुःख र चुनौतीहरू चिरिएका छन् । आज पनि महिलालाई समान रूपमा हेर्न र ग्रहण गर्न नसकिरहेको समाजमा गोमाको राजनीतिक उदय सहज हुने कुरै भएन ।

त्रासदीपूर्ण जनयुद्ध लडेर आएकी  संसदीय राजनीति अझ चुनौतीपूर्ण लाग्छ । उहाँ भन्नुहुन्छ , ‘संसदीय राजनीति गर्न चुनौती छ । त्यसमाथि क्षमता हुँदाहुँदै महिलालाई तल्लो दर्जाको रूपमा हेरिन्छ । शारिरीक हिसाबले मुल्यांकन गरिन्छ । त्यसलाई चिरेर हिँड्न सजिलो छैन ।’

अन्तत : संविधानसभा सदस्य भएर सबैका अधिकार समेटिएको संविधानमा हस्ताक्षर गर्दा जति खुसी थियो । अहिले त्यसको कार्यान्वयन गर्ने समय आएको उहाँको भनाई छ ।

अब फेरि संसद्मा प्रतिनिधित्व गरेर संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयनका लागि कानुन निर्माणमा सक्रिय भूमिका निभाउने उहाँको योजना छ । संविधान थप संस्थागत र कार्यान्वयन गर्न ‘महिला, दलित, पछाडि पारिएका वर्ग समुदायको मुद्दा लिएर जनयुद्धमा होमिए जस्तै सोही बटमलाईनमा संविधानत संघीयताको कार्यान्वयन गर्ने, कर्णाली र जुम्लाको ठोस विकासका लागि एक हात माथी उठेर काम गर्ने जिम्मेवारी एक पटक जनताले अवसर दिने उहाँको विश्वास छ ।

प्रतिकृया दिनुहोस्