OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७७सुर्खेत
३८३ पटक

सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १३१औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुस्वास्थ्य एवं प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मे १ को अवसरमा आज जारी एक शुभकामना सन्देशमार्फ मुख्यमन्त्री शाहीले परिवर्तनको संवाहकका मजदुर वर्गको हक, हित र अधिकारको सुनिश्चितताको शुभकामना व्यक्त गर्नुभएको छ । विश्वसामु कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको सङ्कटले सिंगो विश्व समुदाय आक्रान्त बनेको बताउँदै मुख्यमन्त्री शाहीले यो समयमा मानव समुदाय र त्यसमा झनै मजदुर वर्गले दैनिक जिवीकोपार्जनसँग जोडिएका कुराहरुमा थप समस्याहरु भोगिरहेको प्रति प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ ।
मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित सन्देशमा भनिएको छ, “श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसंग जोडिएका समस्या सामाधान गर्न तथा राहात प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फवाट सबै स्थानीय तहमा आवश्यक बजेट पठाउनुको साथै लकडाउनका कारण बाटो र कार्यस्थलमा अलपत्र मजदुरहरुको उद्धारमा पनि आवश्यक समन्वय भईरहेका छ ।” यो सङ्कट सामनाका लागि प्रदेश सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनगरी गम्भीरतापूर्वक लागिरहेको भन्दै उहाँले उच्च मनोबलसहित धैर्य गर्न समग्र प्रदेशवासीमा आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्