OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७७ सुर्खेत,
६०५ पटक

सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १३१औं ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णालीवासी तथा नेपाली श्रमजीविहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन मे १ को स्मरण गर्दै प्रदेश प्रमुख कलौनी सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस दिवसले सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित हुने अपेक्षा गरेको छु । नेपाली जनतालाई विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्न तीनै तहका सरकारहरुले रोजगारीका अवसरहरू सृजना गर्ने काम प्राथमिकतामा राखी लागिपरेका छन् ।”
“नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ । हालको विश्व सन्दर्भमा कृषि क्षेत्रको अझ महत्व वृद्धि भएकोले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै यससँग सम्बन्धित सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पु¥याउने विश्वास लिएको छु, ”जारी सन्देशमा उल्लेख छ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण समग्र विश्व नै सङ्कटको घडीमा रहेको बताउँदै प्रदेश प्रमुख कलौनीले यसबाट कर्णाली प्रदेशवासी श्रमजीवी जनताको कष्टकर दैनिक एवं जीविकोपार्जनका लागि विशेष व्यवस्था गर्न कर्णाली प्रदेश सरकारको ध्यान आकृष्ट गराउनुभएको छ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारले जारी गरेका निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्णमा प्रदेश प्रमुख कलौनीले अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्