OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०७९जुम्ला
४७५ पटक

३० साउन २०७९, सोमबार

पश्चिम नेपाल र विकट हिमाली जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ ।

प्रतिष्ठानले आजबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । कर्णाली तथा सुदूरपश्चिम नेपालका एकमात्र छाती रोग विशेषज्ञ डा.अनुस्मृती पालको टोलीले प्रतिष्ठानबाट सोमबार ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ । ब्रोन्कोस्कोपी मेसिन यसपाली नै आएपछि यसको सेवा सुरु गरिएको प्रतिष्ठान छाती रोग विशेषज्ञ डा.पालले बताउनुभयो ।

“यो मेसिन केही दिन पहिले मात्र आएको हो,” उहाँले भन्नुभयो, ‘हामीले आजबाट भने विधिवतरुपमा यो सेवा सुरु गरेका छौं ।” उहाँका अनुसार ब्रोन्कोस्कोपी सेवा सुरु भएकोले अब कर्णाली क्षेत्रका कर्णालीका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही कुरा अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै निदानका लागि सहयोगी हुनेछ ।

यो सेवा सुरु हुन पूर्व बिरामीहरु चिवतन काठमाडौं धाउनुपर्ने बाध्यता रहेको बताउँदै डा.पालले अब यसले समयमै निदानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा सेवा सुरु भएपछि त्यस क्षेत्रका मानिसहरुलाई उपचार गर्न सहज हुनेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकका उपकुलपति डा.मंगल रावलले शंकास्पद क्षयरोग, खकारमा रगत बग्ने, फोक्सोको क्यान्सर, र दीर्घ खोकीलगायतका बिरामीरको उपचारमा यो सेवाबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो । उपकुलपति डा.रावलका अनुसार कर्णाली तथा सुदूरपश्चिममा छाती रोग विशेषज्ञ (पल्मोनोलोजिस्ट) डा.पाल एकमात्र भएको जनाउनुभयाे ।

विकट हिमाली जिल्ला जुम्लामा विसं.२०७२ देखि छाती रोग विशेषज्ञ डा.पाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका काम गर्दै आउनुभएको छ । छाती रोगको विशेषज्ञ सेवा जुम्लामा सञ्चालनमा आएपछि कर्णालीवासीमा थप खुशी मिल्नुका साथै आर्थिक भारमा पनि राहत पुग्ने भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्