OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७९जुम्ला
४२७ पटक

२०७९ साउन ७ गते, शनिवार,

कर्णाली प्रदेशमा दर्ता भएका ३ वटा विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा जुम्ला बहुमुखी क्याम्पसको समन्वयमा संसदमा दर्ता भई विचाराधिन अवस्थामा रहेका विधेयकहरु पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र नव प्रर्वतन तथा अन्वेषण विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ ।
वहशमा सभ्यताका जानकार, भाषाविज्ञ, प्राध्यापक, नागरिक समाज सहित सरोकारवाला निकायले आफ्नो बिषयको आवश्यकता, औचित्य, महत्व र चुनौतिको बिषयमा वहश गरेका छन् ।

कर्णाली प्रदेशसभामा सरकारले दर्ता गरेको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले दर्ता गराउनु भएको सिंजा सभ्यता र अन्वेषण विधेयक पारित गर्न कर्णालीका प्रर्दशन सहित सांसद भण्डारी सड्कमा आएपछि अहिले चर्चा भईरहेको छ ।

सो विषयमा महासंघले जुम्लामा शनिवार सम्पन्न गरेको प्राज्ञिक बहश भएको छ । अधिकांश वहशकर्ताले विधेयक कर्णालीको विकासको अभिन्न अगं हुने तर समन्वय सहकार्य फराकिलो गरेर सरकारले ध्यान नदिए दवावमुलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका छन् ।

जुम्ला बहुमुखी क्याम्पसको हलमा सम्पन्न प्राज्ञिक वहशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्राध्यापक डाक्टर दिनेश बास्तोलाले विधेयक समय सुहाउदो भएकाले अगाडि बढाउन सवैको सहकार्य हुन आवश्यक रहेको भन्दै हिजो कर्णाली प्रतिष्ठानको सपना देख्ने व्यक्ति नरेश भण्डारी र एमविविएसका लागि शक्ति दिने डाक्टर गोविन्द केसीको आन्दोलनले प्रतिष्ठान यहाँ आईपुगेकोमा जोड दिनुभयो । उहा्ँले सिंजा सभ्यता विधेयक ल्याउदै गर्दा अन्य सभ्यताको बिषयमा सोच्नुपर्ने दिन आएकोमा जोड दिनुभयो ।

जुम्ला बह्मुखी क्याम्पसका प्रमुख डाक्टर ओम प्रकाश आचार्यले सभ्यताको अनुसन्धान गर्न सिंजा विधेयकको आवश्यकता रहेको र कर्णालीमा वैज्ञानिक खोज्न अन्वेषण विधेयकको समय सुहाउदो बिषय रहेकोमा जोड दिनुभयो । उहाँले
नागरिक समाजका संयोजक राजबहादुर महतले नागरिकको आवश्यकताका सवालमा राज्यले ध्यान नदिएमा आन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले हिजो संघीयताको आन्दोलनमा गोली खाएको व्यक्ति समेत भएकाले सुनुवा्रई नभएमा आन्दोलन गर्न अपिल गर्नुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख तुलाराज चौलागाईले भाषानै विकासको सूचक भएकाले सिंजा विधेयक सवैले अपनत्व लिएर अगाडि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो । ऐतिहासिक पुरातात्विक महत्व समेत यस विधेयकमा रहेकोले पास हुनुपर्नेमा दावी छ । उहाँले विधेयक भित्रको संरचना, जनशक्ति र उद्देश्यका बिषयमा समेत प्रष्ट पानु भएको थियो ।

कर्णाली प्रविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकेन्द्र थापाले प्राविधिक शिक्षाको विश्वविद्यालयको आवश्यकता रहेको तर कर्णाली प्राविधिक शिक्षालय जसले हजारौ मध्यमबर्गिय परिवारका छोराछोरीलाई शिप दिएर रोजगार दियो त्यो बिषयमा राजनैतिकदलको चासो नगएकोमा जोड दिनुभयो ।

जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रकाशचन्द्र खत्रीले तिनैवटा विधेयक निकै महत्वपूर्ण रहेको भन्दै अहिले सम्म सिंजा सभ्यताको लिखित दस्तावेज गर्ने कुनै निकाय नभएकाले सिंजा विधेयक निकै आवश्यक रहेकोमा जोड दिनुभयो ।
खस सस्कृति र साहित्यका जानकार रामकृष्ण बुढ्थापाले आजको आवश्यकता अनुसारका विश्व विद्यालय जन्माउने विधेयक आवश्यक रहेको भन्दै पर्वतीय विधेयक पारित भएका कस्तुरी जस्ता महत्वपूर्ण वन्यजन्तु, यार्सा जस्ता वनस्पतिको थप अध्ययन आवश्यक रहेकोमा जोड दिनुभयो ।

अधिबक्ता पदमबहादुर शाहीले विधेयक दर्ता प्रक्रिया, अगाडि बढ्नेबाटो र चुनौतिका बिषयमा कानूनले दिएको अधिकारको बिषयमा जानकारी गर्नुभएको थियो । उहाँले सरकारले आवश्यकता ठानेमा अगाडि बढाउने र आवश्यकता नठानेमा फिर्ता लिने व्यवस्था समेत रहेकोमा जोड दिनुभयो ।

पूर्व विद्यार्थी नेता महेन्द्र काकीले तिनैवटा विधेयको महत्व र आवश्यक धेरै भएको र खस जाति भरीको अपनत्वमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जुम्लाका अन्य दुईजना सांसद किन मौन भईरहेका छन्, कतै समन्वय कम भईरहेको भए बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको जीवन सँग जोडिएका त्रिवेधयकको बिषयमा विद्धानहरुले दिएका सझाव महत्वपूर्ण रहेको भन्दै महासंघले सामाजिक सरोकारका विषयमा जहिले पनि वहश तथा पैरवी गर्ने बताउनुभयो । उहाँले महासंघले अव महत्वपूर्ण सवालमा हरेक महिना वहश कार्यक्रम समेत गर्नेमा जोड दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्