OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १०, २०७७सुर्खेत
५०७ पटक

सुर्खेत, १० बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तरगत १० जिल्लाका कार्यालय प्रमुखहरुलाई काम अघि बढाउन निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका मुख्यमन्त्री शाहीले आज १० जिल्लाका भौतिक विकास कार्यालयका प्रमुखहरुसँग गरिएको भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिनुभएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्न सावधानी अपनाउँदै सीमित जनशक्तिको प्रयोगबाट गर्न सकिने काम सामाजिक दूरी कायम राखी सुचारु गर्न उहाँले कार्यालय प्रमुखहरुलाई सुझाउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “तपाई सम्पूर्ण कार्यालय प्रमुखहरुले कोरोनाबाट उच्च सावधानी अपनाएर विकास निर्माणका कार्यालयलाई निरन्तरता दिनुस् । आगामी आर्थिक वर्षको योजनाको निर्माणको पनि तयारी गर्नुस् ।” उहाँले १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग हालसम्म भएका विकास निर्माणका कामका बारेमा समेत जानकारी लिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्