OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ३२, २०७९जुम्ला,
४७३ पटक

असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नभएकै चर्किएको छ ।
पुलको निर्माण कार्य ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको छ ।

पुल निर्माणको क्रममा ( प्रिस्टेट गर्दा खेरी) चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सड्क डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्कि पुल सयूक्त रुपमा रु १३ करोडको लागतमा निर्माणको जिम्मा दिईएको थियो ।

सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको ईन्जिनियर शर्माले जानकारी दिनुभयो । ईन्जिनियर शर्माका अनुसार ठेक्का नम्बर ३ को उक्त सिंजाखोला र छिडेना पुलको सुर्य कन्ट्रक्सन फम प्रा.ली सुर्खेतले काम गर्ने ठेक्का लिएको थियो । २०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५।१२।१४ मा सम्पन्न गरि सक्ने सम्झौता थियो । उक्त पुल डिजाईनमा समस्या भएपछि रिडिजाईन गर्नुपरेको थियो ।

यो बर्ष भने पुल संचालनमा ल्याउने तयारी थियो । तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । छिडेनाको पुल भने सम्पन्न भईसकेको छ ।
यो पुल फरक किसिमको प्रविधिको पुल भएकाले २८ दिनमा तान्ने गरिन्छ । सोही क्रममा चर्किएको हो । अव केही समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६,७ गते जुम्लामा भारतको ईन्जिनियरको टिम पुग्छ । नचर्किएको भए साउन महिनामै गाडि गुड्थ्यो तर अव दशैमा गाडि गुड्ने देखिन्छ । पुलको भित्र ग्राउटिङ गर्नुपर्ने हुन्छ ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गछौ । सो पुलको अहिलेसम्म तीन पटक पुलको म्याद थपि सकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

निर्माण सम्पन्न नहुदै पुल चर्किएपछि स्थानीय त्रसिद भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जिर्ण भईसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाडै गाडि गुडाउने सपना फेरी धकेलिएको छ । जुम्ला कर्णालीको साविक राजधानी पनि हो । सड्क संजाल जोडिएपछि नेपालगंज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवहाक साधन र पर्यटकहरु भित्रिने गरेका छन् तर पुल निर्माण समयमा नहुदा जिर्ण बेलिब्रिज पुलजोखिम भएकाले चाडै बनाउन स्थानीयको दवाव छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुलको अनुगमन गर्नुभएको छ । उहाँले सो पुलको बिषयमा सम्वन्धित निकायमा के भएको र चाडै काम सूचारु गर्न समन्वय गर्ने बताउनुभयो । स्थानीय सरोकारवालाले भने पुलको बिषयमा चासो बढाएका छन् ।

जुम्ला र कालिकोट जोड्ने चर्किएको सिंजाखोला पक्कि पुल तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्