OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ९, २०७७काठमाडौं
४८३ पटक

सुर्खेत, ९ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले देशका विभिन्न स्थानमा अलपत्र कर्णालीबासी नागरिकहरुलाई उद्धारमा जोड दिएको छ ।
पुस महिनामा ज्यालादारी कामको सिलसिलामा वाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका पुगेका तर लकडाउनका कारण रोकिएका तिला गाउँपालिकाका जुम्लाका ३४ जना अलपत्र मजदुरलाई कर्णाली सरकारको पहलमा उद्धार गरिएको हो । मजदुरहरुहरुलाई त्यहाँको स्थानीय सरकारले खाना र नानामा सहयोग नगरेको र उद्धारका लागि कर्णाली सरकारकासँग गुहार माग्दा सहयोग पुगेको सहजकर्ता प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
नजिकको सरकारको सहयोगमा मजदुरहरु कर्णाली फर्किने अवसर पाएको सहजकर्ता बस्नेतको भनाई थियो । सिन्धुपाल्चोकका ३४ मजदुरसहित कामको खोजीमा राजधानी काठमाडौ, चितवनमा पुगेका १०५ नागरिकहरुलाई आजै बसबाट उद्धार गरिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
“प्रदेश सरकार लकडाउन कार्यान्वयनमा त्यत्तिकै लागिपरेको छ । अर्कोतर्फ सडकमा अलपत्रका नागरिकहरुको उद्धारसमेत गर्नुपर्छ,” कानूनमन्त्री भण्डारीले भन्नुभयो, “अवस्था अध्ययन गरेर अलपत्र नागरिकहरुलाई क्वारेन्टाईन राख्छौं र सम्बन्धित स्थानीय सरकारहरुको समन्वयमा उनीहरुको घरमा पठाउने व्यवस्थासमेत गरिरहेका हुन्छौं ।” सरकारको पहिलो काम अप्ठ्यारोमा परेका नागरिकहरुको उद्धार गर्नु भएकोले यस कार्यमा बढी जोड दिईएको उहाँले बताउनुभयो ।
सडक तथा विभिन्न स्थानमा अलपत्र हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट लगायतका कर्णालीबासी नागरिकहरुको उद्धार तथा राहतमा सरकार अहोरात्र खटिरहेको कानूनमन्त्री भण्डारीको भनाई थियो । उहाँका अनुसार प्रदेश सरकारले अलपत्र नागरिकलाई भेरीगंगा नगरपालिका सुर्खेतको बबई, वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाईनमा व्यवस्थापन गर्नेदेखि सम्बन्धित जिल्लामा पनि पुर्याउने काम गरिरहेको छ ।
विशेषगरी भोको अवस्थामा विपन्न र बाटोमा अलपत्र परेका नागरिकहरुलाई कर्णाली प्रदेश सरकारको पैसा नलाग्ने हटलाईन सेवाको नम्बर १११० मा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । हालसम्म त्यस्तो अवस्थाका नागरिकहरुलाई भोको हुन नदिएको र अलपत्र नागरिकहरुलाई स्थानीय सरकारहरुसँगको समन्वयमा सम्बन्धित जिल्लामा पठाउने काम गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्