OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २७, २०७९
५९४ पटक

२७ असार २०७९, सोमबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

योजनामन्त्री विष्टलाई आजै उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा लगिएको हो । असार २५ गते बेलुकादेखि स्वास्थ्य अवस्थामा खराबी आएपछि कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार गरिएको प्रवक्ता(मन्त्री)का प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिनुभयो ।

चिकित्सकलाई उद्रित गर्दै उहाँले मन्त्रीलाई प्याङ्क्रिटाइज देखिएको र सुगर नियन्त्रण ग्रन्थी सुनिएको बताउनुभयो । अहिले मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रेस सल्लाहकार रिमालले बताउनुभयो ।

“मन्त्रीज्यूलाई असार २५ गते बेलुकादेखि स्वास्थ्य अवस्थामा समस्या देखिएको हो,” उहाँले भन्नुभयो, “हिँजो २६ गते बिहान पखाला लागेका कारण प्रदेशसभाको बैठकमा उपस्थित हुन सक्नुभएन ।” उहाँका अनुसार प्रवक्ता (मन्त्री) को स्वास्थ्य अवस्था खतरामुक्त बनाउन थप उपचारका लागि काठमाडौं लिइएको हो ।

प्रतिकृया दिनुहोस्