OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०७७सुर्खेत
६३६ पटक

सुर्खेत, ८ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका नोबेल कोरोना भाईरस (कोभिड–१९) को संकट अन्त्यका लागि सबै तहका सरकारबीचको आपसी समन्वय आवश्यक भएको बताउनुभएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय प्रमुखसँगको भिडियो कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले ‘कोभिड–१९’को प्रतिकार्यका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफनो जिल्लाका स्थानीय तहबीच समन्वय गरी त्यहाँको समस्या र आवश्यकताको बारेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको मुख्य काम भनेकै एकतावद्धरुपमा कोरोना संकटका विरुद्ध सामुहिक लडाई लड्नु हो । अब जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टोली निर्माणगरी कोरोना प्रतिकार्यमा लाग्नुहोस् ।” महामारी आईलागे पनि नागरिकको ज्यान सुरक्षार्थ अहिले नै वडास्तरसम्म एकीकृत टोली परिचालनको व्यवस्था मिलाउनेगरी तयारी थाले विपद् प्रतिकार्य गर्न सकिने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरेको जनाउनुभएका मुख्यमन्त्री शाहीले भन्नुभयो, “स्थानीय तहका लागि आवश्यक बजेट, स्वास्थ्य सामग्री तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन दिईदैन ।” क्षेत्रगत रुपमा बन्दाबन्दीलाई कडाई गर्दै उच्च सावधानीसहित अत्यावश्यक कृषि कार्य गर्न सम्बन्धित परिवारलाई सामाजिक दूरी कायम गर्न र बाली भण्डारणमा बाहिरको जनशक्ति प्रयोग नगर्न सुझाउनुभयो ।
जिसस प्रमुखहरुसँगको उक्त भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले एक घरदेखि अर्को घर, एक टोलबाट अर्को टोल, एक स्थानीय तहबाट अर्को स्थानीय जाने कुरामा पूर्ण रोक लगाई बन्दाबन्दीको प्रभावकारी कार्यान्वयनमा जोड दिन सबैलाई आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्