OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीबैशाख ८, २०७७सुर्खेत,
५२२ पटक

सुर्खेत, ८ बैशाख २०७७ : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपंक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीको अध्यक्षतामा आज बसेको बैठकले आकस्मिक ढुवानी सेवा सञ्चालनको निर्णय गरेको हो । नोबेल कोरना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणार्थ नेपाल सरकारले गरेको बन्दाबन्दीले किसानहरुको उत्पादन सहजै बजारीकरण नहुने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आकस्मिक ढुवानी सेवाका निम्ति दुईवटा गाडी सञ्चालन गर्ने निर्णय गरेको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो ।
“हामीले यहाँका तरकारी, दुध, अण्डा, मासु व्यापारी तथा जिल्ला प्रशासन सुर्खेतलाई राखेर यो निर्णय गरेको छौं,” मन्त्री केसीले भन्नुभयो, “अब किसानले उत्पादन गरेका तरकारी, दुग्ध, अण्डा र मासुजन्य वस्तुहरुको बजारमा सहज आपूर्ति हुनेछ । यसबाट उत्पादक, व्यापारी र उपभोक्ता सबैले लाभ लिनेछन् ।” उहाँले अत्यावश्यकका काममा सहज गर्न प्रशासनलाई अनुरोध गरिएको जनाउनुभयो ।
बन्दाबन्दीले किसानको उत्पादन बजारमा नपुग्दा कुहेर उनीहरु मारमा पर्ने, यता उपभोक्ताहरुले खान नपाउने अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले अण्डा, तरकारी, दुध र मासु व्यापारीलाई सहजै किसानसँग सम्पर्क राख्ने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । व्यापारीसँग सहज पहुँच नभएका र कारणवश उत्पादितवस्तु बजार पुर्याउन नसकेका किसानहरुको सहजीकरणका लागि पशुपंक्षी तथा कृषि विकास निर्देशनालयको गाडीले आकस्मिक ढुवानी सेवा दिने उहाँको भनाई थियो ।
यसका लागि दुवै निर्देशनालयमा ¥यापिड रेस्पोन्स सेन्टर तत्काल बनाएर काम थालनी हुँनै भन्दै मन्त्री केसीले भन्नुभयो, “यो निर्णय कार्यान्वयनका लागि पशुपंक्षी तथा कृषि उपजमा देखापरेका समस्या समधान गर्न मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको गठित कार्यदललाई निर्देशन दिईएको छ । उक्त कार्यदलले विभिन्न बाली तथा तरकारीका बीउ संकलन र भण्डारण गर्नमा समेत सहयोग गर्नेछ ।”
बीउ संकलन, ह्याचरीबाट चल्ला ल्याउन, माछाका भुरा आपूर्तिमा यतिबेला नै ध्यान नपुगे भोलि यहाँको कृषिमा ठूलो समस्या आउने भन्दै यसका लागि अहिले नै सरकार यसमा संवेदनशील भएर लागेको उहाँको भनाई थियो । उहाँका अनुसार बन्दाबन्दीका कारण भोलिको खाद्य संकटलाई रोक्न र बाली भित्र्याउने समयलाई नचुकाउन किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीमा काम गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्