

नेत्र शाही जुम्ला,
खलङ्गा वैशाख ८ गते । जुम्लाका सवै तहका स्वास्थ्य संस्थामा पिपिई उपलब्ध पुगेका छन् ।
निकै चर्चाको बिषय रहेको पिपिई जिल्लाका सवै हेल्थ पोष्टमा ५÷५ वटा पिपिई सेट उपलब्ध गराईएको स्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जिल्लाका ३० वटा हेल्थपोष्ट, हेल्थ डेक्स, ल्याव भएको स्थान देखी आवश्यकता परेका स्थानमा एक सय ७५ वटा पिपिई सेट फिल्डमै गएर बितरण गरिएको छ । । उहाँका अनुसार सथानीय तहका स्वास्थ्य संस्थामा बितरण गरि सकिएको र केही जिल्लामै स्टक राखिएको र आवश्यकता परेका स्थानमा पठाईने छ । शुरुवाती चरणमा पिपिई सेट नआउदा स्वास्थ्यकर्मीहरुलाई काम गर्न निकै कठिन भर्ईरहेको थियो । पिपिई सेट सँगै, अनुहार छेक्ने साधन, मास्क, सेनिटाईजर, गाउनहरु समेत स्वास्थ्य संस्थामा बितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको हो ।
जुम्लामा ईन्फ्राड थर्मोमिटर भने अझै नआएको प्रमुख सापकोटाले थप्नुभयो । अहिले स्वास्थ्य सामग्रीहरु पुगेपछि पहिला भन्दा काम गर्न स्वास्थ्यकर्मी उत्साहित भएका स्वास्थ्यकर्मीले जनाएका छन् ।
तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले पिपिसेट आएपछि भने काममा केही सजिलो भएको छ । गाउँपालिकामा अहिले ३५ जनाको स्वाब संकलन गरिएको ३७ जनाको यापिड परीक्षण गरिएको छ । यसैगरी जाजरकोटबाट आउने सिमा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । यस अघि हिउँभएकाले कोही नआउन सक्ने भएपनि अव मानिसहरु आउने सकिने भएकाले हेल्थ डेक्स स्थापना गरिएको उहाँले थप्नुभयो ।
चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउको पिपिई सेट वितरण गरिसकेका छौ । यसैगरी नगरपालिकाले बिनियोजन गरेको बजेट अनुसार पनि काम शुरु भएको हो ।
चार सय ८३ जनाकोे रिपोर्ट नेगेटिभ ः
यसैगरी जुम्लामा भारत र तेस्रो मुलुकबाट जुम्लामा आएका चार सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ ।
चैत पहिलो सातादेखि जुम्ला भित्रिएका नागरिकहरूको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले थप्नुभयो । ‘तीन सय ३९ जनाको स्वाब परीक्षण, एक सय ४४ जनाको यापिड डाइग्नोस्टिक टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । तीन सय २४ जनाको सरकारले सिधै हेलिकोप्टरबाट संकलन गरेको थियो ।
बाहिर जिल्लाबाट आउने क्रम जारी नै रहेको उल्लेख गर्दै उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र १४ दिनपछि र यापिड डाइग्नोस्टिक टेस्ट गरिनेछ । त्यसैगरी जुम्लाका विभिन्न पालिकामा आठवटा स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर दुई सय ६३ जना घर फिर्ता भएका छन भने १३ जना क्वारेन्टाइनमा छन । हरेक दिन दिन जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रकाशन गर्ने सूचनामा सो उल्लेख । यसैगरी जिल्लामा अहिले दुई सय ५६ बेडको क्वारेन्टाइन छ ।
पिसिआर मेशिन आउन ढिलाई ः
सरकारले सात प्रदेश सहित देशका १५ स्थानमा कोरोना जाँच गर्ने पिसिआर मेशिन शुरु गरि सक्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सम्म नआउदा समस्या भएकोे छ । उद्यपी प्रतिष्ठानले टेण्डर भईसकेको जनाएको छ । प्रतिष्ठानका निर्देशक डा. मंगल रोकायाका अनुसार आईतबार सम्म जुम्लामा मेशिन आई काम शुरु हुने जानकारी दिनुभयो । यति धेरै जनशक्ति र पूर्वाधार भएको प्रतिष्ठानमा कोरोना प्रयोगशाला स्थापना हुनुपर्नेमा स्थानीयले माग गर्दै आएका छन् ।