OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०७९सुर्खेत
५७ पटक

२६ जेठ २०७९ बिहीबार

कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली प्रदेशसभाको दशौ‌ अधिवेशनको दशौ‌ बैठकमा छलफलमा रहेको प्रदेश सरकारको नीति तथा कार्यक्रमाथि आफ्नो टिप्पणी राख्नुभएको छ ।

उहाँले कार्यक्रममा आफ्नो ३० बुँदे राय सुझाव तथा धाराहरु र दृष्टिकोण राख्ने क्रममा प्रदेश सरकार पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे मौन भएको प्रतिक्रिया गर्नुभयो । छलफलमा विभिन्न विषय समावेश गर्नुभएका पूर्वमन्त्री भण्डारीले दशौ‌ं बैठकमा प्रस्तुत गर्नुभएको धारणा उहाँकै शब्दमा तल उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७९र०८० को नीति तथा कार्यक्रम उपर प्रस्तुत ३० बुँदे राय, सुझाव, टिप्पणी, धारणा र दृष्टिकोणहरुः

माननीय सभामुख महोदय,

१) यस ऐतिहासिक घडीमा तीँ महा – मानवहरुलाई सम्झन चाहन्छुँ । जसको रगतले युगान्तकारी परिवर्तनको दस्तावेज अर्थात् संविधानका हरफहरु लेखिएका छन् । व्यवस्था परिवर्तन भएर प्रदेशको शिमाङ्कन तथा नामाङ्कन भएको छ ।

२) तीँ घाइते योद्धाहरुलाई सम्मान गर्न चाहन्छुँ जो अहिलेपनि बैशाखीको शहारामा जीवनका सर्वाधिक कठिन घडी अर्थात् मृत्युसँग जुधिरहेका छन् । तीँ गरिवीको पहाडले च्यापिएका दाजु भाई तथा दिदि बहिनीहरुलाई नमन गर्न चाहन्छुँ, जसले सिंहदरवार केन्द्रित शासन व्यवस्थालाई जनताको दैलोमा पुर्याउन निशस्त्ररुपमा हिंसक सिंहसँग जुधे । मात्रै जुधेनन दाह्रा नङग्रा झिकिदिए ।

३) तिनीहरुको अकथनिय संघर्षको प्रतिफलस्वरुप हामी आफैले यस सम्मानित सदनमा आफ्नो समृद्धिको नीति कार्यक्रम पेश गर्न योग्य भएका छौं । वजेट विनियोजनको तयारी गरिरहेका छौं ।

४) कहीँ, कसैलाई, कहिल्यै, यो भ्रम नरहोसकि १ यो व्यवस्था र यीँ उपलब्धीहरु कसैको हुकुम प्रमाङ्गी र अनुकम्पाबाट किमार्थ प्राप्त भएका होइनन् । यही बुझाईको मार्ग दर्शनमा कर्णाली समृद्धिको संकल्प अगाडि बढ्नु पर्दछ ।

५) प्रस्तुत नीति तथा कार्यक्रमलाई समर्थन गर्नु मेरो दायित्व ठानेको छुँ । कर्णाली समृद्धिको संकल्पकासाथ आएको यस नीति तथा कार्यक्रमको मुल स्प्रिडप्रति सहमति जाहेर गर्न चाहन्छु ।

६) हलो जोत्दा जोत्दै हातका रेखाहरु मेटिएका किशानहरु, उपचारको अभावमा अल्पायुमा, मृत्यु कुरेर बसेका विरामीहरु, निर्धनताका कारण शिक्षाको ढोका बन्द भएका विद्यार्थीहरु, बेरोजगारीको कोर्याले छटपटाइरहेका प्रतिभाका खानी युवाहरुलाई लक्षित गरेर नीति तथा कार्यक्रम ड्राफ्ट गरिनु पर्दछ । यस नीति तथा कार्यक्रमले तीनिहरुलाई नै लक्षित गरेको छ भन्ने अपेक्षा गरेको छु ।

७) वार्षिक नीति तथा कार्यक्रम सरकारको दृस्टिकोणसँग सम्बन्धित हुन्छ । प्रदेशको आर्थिक, सुरक्षा, प्रशासनिक, शैक्षिक, स्वास्थ्य, सामाजिक, साँस्कृतिक, पर्यटन र औद्योगिक जीवन कस्तो हुने ? त्यसका लागि कस्तो नीति र कार्यक्रम अबलम्बन गर्ने रु कस्ता आयोजनाहरुलाई निरन्तरता दिने ? कस्ता नयाँ आयोजनाहरु समावेश गर्ने ? वार्षिक नीति र कार्यक्रममा यी समग्र पक्षहरु प्रतिविम्बित हुनु पर्दछ । जुन प्रतिबिम्ब मूलभुतरुपमा प्रस्तुत नीति तथा कार्यक्रममा देख्न सकिन्छ ।

८) नीति तथा कार्यक्रमले मुल मर्म व्यवस्थालाई सुदृढ गर्ने र नागरिकहरुका सपनाहरुलाई न्याय गर्नेमा लक्षित हुनु पर्दछ । निशन्देह सुझाव, राय, मत, धारणा र दृस्टिकोणहरु प्रस्तुतीको मक्सदपनि यही हो ।

९) ६ (ब) को नविन नीतिगत उडानलाई अवतरण गर्ने मूर्त नीति तथा कार्यक्रम आवश्यक देखिन्छ ।यो नीति तथा कार्यक्रमको मुल आत्मा हो ।

१०) एक मन्त्रालय एक विशेष कार्यक्रम, मेक इन कर्णाली, स्वरोजगार मुलक गरी खाने कार्यक्रम, प्रदेश अपताललाई विशिस्टिकृत रेफरल अस्पतालका रुपमा विकास गरिने, स्याउ तथा ओखर विकास परियोजना जस्ता केही नविन कार्यक्रमहरु कार्यान्वयनको प्रतिबद्धता नीति तथा कार्यक्रमले गरेको छ । नीति तथा कार्यक्रमले आगामी आवलाई अधुरा आयोजना सम्पन्न गर्ने बर्षको रुपमा अंगिकार गरेको छ । जुन स्वागतयोग्य छ ।

११) सामुहिक विपद् जोखिम दुर्घटना विमा कार्यक्रम, शहिद् स्मृति भत्ता, उच्च शिक्षा छात्रबृति कार्यक्रम, मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, छोरीको बचत खाता कार्यक्रम, मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमजस्ता फ्ल्यागशिप कार्यक्रमहरुले निरन्तरता पाएका छन् । यो नीति तथा कार्यक्रमको सकारात्मक पक्ष हो ।

१२) नीति तथा कार्यक्रमले प्रदेश अस्पताललाई मानित विश्व विद्यालयको अवधारणा अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने नयाँ अठोट गर्छ । तर आफैले सदनमा विधेयक पेश गरिसकेको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बारे विल्कुल मौन देखिन्छ । बेहिच्किचाहट भन्न सकिन्छ यो आफैमा परस्पर विरोधी नीति हो ।

१३) कर्णालीको प्रचुर जलसम्पदाको अधिकतम उपयोग गर्ने तथा माथिल्लो कर्णाली, वेतन कर्णाली, नलसिंहगाड, फुकोट कर्णाली, जगदुल्ला जस्ता कर्णालीका मेघा जलविद्युत आयोजनाहरुलाई सिघ्र सम्पन्न गर्न संघिय सरकार लगायत सम्बद्ध निकायसँग समन्वय गर्ने विषय नीति तथा कार्यक्रमको महत्वपूर्ण हिस्सा बनाइनु पर्दछ ।

१४) हाम्रा प्रदेशका खेलाडीहरुले रास्ट्रिय अन्तर्रास्ट्रय खेलकुद प्रतियोगितामा जित हासिल गरेको । देश र कर्णालीको शिर उचो बनाएको । आवाशिय प्रबन्धसहित नियमित तालिम लिइरहेको कल्पना गरेँ । यस नीति कार्यक्रमका हरफहरु । सुनेँ । पढेँ । देखिँन। पानाहरु पल्टाएँ । हरफहरु दोहोर्याएँ । अक्षरहरुमा घोत्लिएँ । र पनि देखिन ।

१५) कर्णालीमा बुढानिलकण्ठहरु शिद्धार्थ वनस्थलीहरु किन जन्मिदैनन रु हावर्ड र अक्सफोर्डहरु विश्वविद्यालयहरु किन जन्मिरहेका छैनन् रु भन्ने प्रश्नको जवाफ खोजेँ । नीति तथा कार्यक्रममा भेटिनँ ।

१६) बुढानिलकण्ठबाट दिक्षित तथा उच्च शिक्षा हाँसिलपनि गर्नु भएको माननीय मुख्यमन्त्री ज्युले नेतृत्व गरेको सरकारबाट शैक्षिक क्षेत्रको उनन्नयनमा नविन प्रतिबद्धताको अपेक्षा थियो । त्यो अपेक्षा नीति तथा कार्यक्रम प्रकट नहुँदा मन कुडियो । नकुडियोसपनि कसरी ?

१७) इटलीले सन् १०८८ मा विश्वको पहिलो विश्वविद्यालय बोलोनिया विश्विविद्यालय स्थापना गरेको ८७१ बर्ष पश्चात् सन् १९५९ मा नेपालले त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो । सन् १९१८ मा नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज स्थापना गर्दा चन्द्र शमसेर रोएका थिए । शिक्षालय स्थापना गर्दा रुने शासकले नेतृत्व गरेको देशको शैक्षिक अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ ।

१८) त्यस्तो देशको एउटा प्रदेश जहाँको एउटा जिल्लाको सदरमुकामलाई हालसम्मपनि रास्ट्रिय सडक संजालमा आबद्ध गराउन सकिएको छैन् । २ जिल्ला बाहेक अन्य जिल्लामा एउटापनि प्राविधिक कलेज छैनन् । सरकारी सेवामा न्युन प्रतिनिधित्व छ ।

१९) नेपालमा विश्वविद्यालयको संख्या बढी भयो भन्ने हो भने भारतमा १०४३, चिनमा १२७० वटा विश्वविद्यालयहरु छन् । अमेरिकामा मात्रै ५३०० विश्वविद्यालय र कलेजहरु छन् ।

२०।)केवल ७ लाख ८० हजार जनसंख्या भएको भुटानमा ९ वटा विश्वविद्यालय, २ करोड १४ लाख जनसंख्या भएको श्रीलंकामा १७ वटा विश्वविद्यालय र २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्या भएको नेपालमा १४ वटा मात्र विश्वश्विद्यालयहरु स्थापित छन् । त्यो देशको एउटा प्रदेश जहाँ न्युन साक्षर र कम उच्च शिक्षित जनशक्ति छन् त्यही प्रदेश विश्वविद्यालय स्थापना गर्न डराउछ ।

२१) संघिय सरकारलाई धारे हात लगाएने हाम्रा हातहरु किन आफ्नै विश्ववालय स्थापनाका लागि हस्ताक्षर गर्न काँपिरहेका छन् रु हाम्रो सरकार आफैले जन्माउने खोजेको भ्रुणरुपी सन्तान अर्थात् पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्याहार गर्न उदाशिन छ रु यसको नाममा एक शब्दपनि किन खर्चन मान्दैन सरकार ?

२२) अझै, नीति तथा कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिष्ठित विश्वविद्यालयसँग समन्वय, सहकार्य र समझदारी गरी उच्च शिक्षामा पर्वतीय शिक्षा लगायतका उपर्युक्त शैक्षिक कार्यक्रम संचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ भन्ने बाक्यांम्स उल्लेख गरिन्छ । कारणहरुको खोजी इतिहासले गर्ने नै छ ।

२३) सभामुख महोदय, संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघका अनुसार सन २०१६ मा विश्वभरमा १ अरब २३ करोड ५० लाख मानिसहरुले घुमफिर गरेका छन् ।पर्यटन उद्योगले विश्व अर्थतन्त्रको १० प्रतिशत हिस्सा ओगट्छ।

२४) World Travel and Tourism Council को तथ्याङ्क अनुसार सन् २०१६ मा पर्यटन उद्योगले ४ लाख २७ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । यो कुल रोजगारीको २ दशमलब ९ प्रतिशत हो । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल आएका थिए । सन् २०२५ मा २५ लाख २२ हजार पर्यटक नेपाल आउने पक्षेपण गरिएको छ ।

२५) ध्यचमि त्चबखभ िबलम त्यगचष्कm त्यगलअष् िको तथ्याङ्क अनुसार सन् २०१७ मा गरेको अनुमान अनुसार पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा ३ दशमलव ६ प्रतिशत प्रत्यक्ष योगदान रहेको छ ।

२६) कम लगानीमा बढी आम्दानी गर्न सकिने उद्योग पर्यटन उद्योग हो ।यही वास्तविकताका आधारित भएर पर्यटन विकासको ठोस र स्पस्ट नीति तथा कार्यक्रम ल्याइनु पर्दछ । १ अरब ४५ करोड जनसंख्या भएको चिन र १ अरब ४० करोड जनसंख्या भएको भारतको विचमा रहेको नेपालले पर्यटन उद्योग संचालन गरेर अर्थतन्त्रलाई मजबुद बनाउन सकिने अवसरबाट कर्णाली भरपुर लाभान्वित हुनु पर्दछ ।

२७) रारा, फोक्सुण्डो, काक्रेविहार, कुभिण्डेजस्ता तालहरु, पातारासी जस्ता भर्जिन पर्यटकिय स्थलयुक्त एवं नेपाली भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल कर्णाली भएको वास्तविकतालाई हृदयंगम नगरी कर्णालीको वित्तीय अवस्थालाई सुधार्न सकिदैन ।

२८) सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित हुन नसक्नुले लाखौं पर्यटकको बाटो छेकेको अनुभुति भएको छ । यसलाई पारित गरी यस नीति तथा कार्यक्रममा समावेश गरेर कर्णाली समृद्धिलाई टेवा पुर्याऔं ।

२९) विश्वास गरौं १ माननीय मुख्य मन्त्रीज्युले प्रस्तुत सरोकारहरुको सम्बोधन नीति तथा कार्यक्रममा गर्नु हुनेछ । माननीय आर्थिक मामिला तथा योजना मन्त्रीज्युले प्रस्तुत गर्ने आब २०७९र०८० को बजेटले नीति तथा कार्यक्रमलाई थप स्पष्ट र समृद्ध बनाउनेछ ।

३०ं कर्णाली विशेष प्रदेश बनाउने र संकुचित वित्तिय श्रोतको दायरालाई फराकिलो बनाउने प्रतिवद्धता यस नीति तथा कार्यक्रममा बिशेष नीतिका रुपमा उल्लेख गरिनु पर्दछ ।

धन्यवाद ।

प्रतिकृया दिनुहोस्