OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २०, २०७९
८७५ पटक

२० जेठ २०७९, शुक्रबार

कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । उक्त प्रतियोगिता शुक्रबार सुर्खेतमा सम्पन्न भएको हो ।

कर्णाली सरकार समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तरगत ‘एकल लोकगीत’मा जुम्लाका सृजना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना बुढ्थापा प्रथम भएका हुन् । प्रथम हुने दुवै छात्रालाई मेडलसहित जनही रु.२१ हजार नगद पुरस्कार प्रदान गरेको नृत्य निर्देशक कुलमान नेपालीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कला, साहित्यका माध्यमबाट नवप्रतिभाहरुको पहिचान भएको बताउनुभयो । “प्रतियोगिताले लुके छिपेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याएको मात्र छैन । उनीहरुको ज्ञान, सीप र क्षमतालाई समेत उजागर गरी कर्णालीको लोक साहित्य क्षेत्रको उचाई बढाएको छ,” मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “सरकारले त्यस्ता प्रतिभाहरुलाई उच्च सम्मान गर्नेछ ।”

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले एकल लोकगीत तथा लोकनृत्य प्रतियोगिताले प्रतिभा पहिचानका साथै बालबालिकामा नयाँ उत्साह जगाएको बताउनुभयो । नृत्य निर्देशक नेपालीले कर्णाली प्रदेशमा जुम्लाले लोकगीत तथा लोकनृत्यमा इतिहासमै नयाँ कृतिमानी कायम गरेको टिप्पण गर्नुभयो ।

कर्णाली नमूना मावि अनामनगर जुम्लाका शिक्षक भीम बुढ्थापाले सृजना र सविनाको प्रतिभाले जुम्लाको गरिमालाई उँचो बनाउन सहयोग पु¥याएको बताउनुभयो । उक्त प्रदेशस्तरीय एकल लोकगीत तथा लोकनृत्य प्रतियोगितामा प्रत्येक जिल्लाबाट दुवै विधामा १०÷१० छनौट भएर आएका जम्मा २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्