OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २०, २०७९जुम्ला,
४१० पटक

जेठ २० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सव गरिने भएको छ । कर्णालीको कला, सस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको हो ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत आगामी भदौ १९ देखि २९ गते १० दिन सम्म तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गरिने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न,जुम्लाको स्थानीय कला साँस्कृतिको संरक्षण,पर्यटन तथा रैथानेबालीको प्रर्बद्धन गरी आर्थिक समृद्धी हासिल गर्ने लक्ष्यका साथ तेस्रो जुम्ला महत्व गर्न लागिएको अध्यक्ष्य देवकोटाले थप्नुभयो ।

भदौको महिना जुम्लामा स्याउको सिजन हुने भएको स्याउको बजारीकरण गर्नका लागि पनि भदौ महिनामा महत्वस गर्न लागिएको छ । महोत्सवमा अर्गानिक स्टलहरुलाई प्रथामिकता दिइने छ । अध्यक्ष देवकोटाले भन्नुभयो,“दर्शकलाई अर्गानिक स्वाद चखाउन अर्गानिक स्टल राखिने छ । भने,मनोरञ्जनका लागि स्थानीय तथ राष्ट्यि कलाकारको प्रस्तुती रहने छ । अझै साढे दुई महिना बाँकी रहेकाले महोत्वसलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटीरहेको छौ ।”

कमजोर पूर्वतयारी, समन्वय सहकार्य नभएकै विगत पहिलो र दोस्रो महत्वसबाट घाटा व्यवहोर्नु परेका भन्दौ तेस्रो महत्वसलाई व्यवस्थित बनाउन बढी दर्शकको सहभागिता गराउन कलाकार छनोट देखि स्टल व्यवस्थापनमा ध्यान दिईने उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष गणेश रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“महोत्सव नाफा कमाउने माध्यम मात्र नभई रैथाने बालीको प्रर्बद्धन तथा बजारीकरण,व्यापार प्रर्बद्धन, जिल्लाको आर्थिक समृद्धीमा ईट्ट थप्ने अस्त्र हो । विगत दुई वर्ष कोरोना कहरमै बितेकोले थलिएको अर्थतन्त्र चलायमान बनाउन पनि महत्वसको आयोजना गरेका छौ ।”

महोत्सवका माध्यमबाट स्थानीय कलाकार,भाषा,साहित्य,संस्कृति पहिरनको संरक्षण गरी पर्यटन प्रर्बद्धन गरिने छ । विगतका वर्षमा प्रतिव्यक्ति टिकट एक सय रुपैया गरिएपनि यसपाली उक्त शुल्कलाई परिमार्जन गरिने छ ।

कोरोना कहरका कारण दुई वर्ष सम्म कुनै सार्वजानिक कार्यक्रम,मेला महोत्सवमा सहभागी हुन नपाएका जुम्ली नागरिक भदौमा महत्सव हुने कुराले उत्साहीत छन् ।

 

प्रतिकृया दिनुहोस्