OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, जेठ ३, २०७९जुम्ला,
४७५ पटक

२०७९ जेठ २ गते, जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्ण प्रसाद धिताल बिजयी हुनु भएको छ । उपाध्यक्षमा माओवादीकै सितली रोकाया बिजयी हुनु भएको हो ।
अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रत्यासी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार आठ सय ३१ मत प्राप्त गर्नुभएको छ र यसैगरी प्रत्यासी उपाध्यक्ष नेपाली कांग्रेसकै रजनकली शाहीले एक हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

सिञ्जा गाउँपालिका २०७४ सालमा पनि नेपाली कांग्रेसका देवलसिंह रावल र एमालेका जन्मकन्य खत्री बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिञ्जा गाउँपालिकामा ६ हजार एक सय ९५ मत खसेको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस्