OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०७९
६४९ पटक

१७ बैशाख २०७९, शनिबार

कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले लिएको परीक्षामा ५९.०२ प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् ।

प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीका अनुसार आज लिएको पाँचौ तहको सहायक÷लेखा सहायक÷लेखापाल÷आन्तरिक लेखा पदका लागि खोलिएको ९२ सिटका लागि १० हजार ३२७ जना परीक्षार्थीहरुले आवेदन भरेका थिए । आवेदन दिएका मध्य आजको परीक्षामा छ हजार १४३ परीक्षार्थी सामेल भएको प्रवक्त खत्रीले बताउनुभयो ।

“पाँचौं तहको एकीकृत परीक्षा लिएको आयोगले सुर्खेतका २१ विद्यालयमा ४९ परीक्षा केन्द्र सञ्चालन गरी परीक्षा सम्पन्न गरेका छ,” प्रवक्त खत्रीले भन्नुभयो, “उक्त परीक्षाका लागि केन्द्राध्यक्ष, समन्वयकर्ता, सुरक्षाकर्मीसहित एक हजार २०० जनशक्ति परिचालन गरिएको थियो ।” उहाँका अनुसार परीक्षाका लागि दुई उपकेन्द्र पनि सञ्चालन गरिएको थियो ।

कर्णाली प्रदेश लोक सेवा आयोगका सचिव भूपेन्द्र थापाले यस अघि लिइएको महिला विकास निरीक्षक र आजको लेखातर्फको पाँचौं तहको परीक्षा मर्यादित, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो । सचिव थापाका अनुसार संघीय संरचनामा पहिलो पटक आफ्नै प्रदेशबाट परीक्षा सञ्चालन गर्दा थुप्रै चुनौति भएपनि परीक्षार्थीका लागि राम्रो अवसर जुरेको छ ।

प्रतिकृया दिनुहोस्