OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७९जुम्ला,
४६५ पटक

वैशाख १२ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसका नेता राजुसिंह कठायतको बागी उम्मेदवारी दर्ता भएको छ । मेयरका उम्मेदवार पदमबहादुर शाहीको नाममा टिकट भएपछि कांग्रेसकै नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यालयका अनुसार कठायतको स्वतन्त्र उम्मेदवारी परेको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लागी पर्दा पनि मेयर पदको टिकट दिएपछि स्वतन्त्र उम्मेदवार दिनु परेको उनले बताए ।

उहाँले ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट आफुलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइयो । यसपटक पनि उस्तै भयो । जुम्लाका नेतले निकै चलखेल गरेर अन्याय गरेपछि स्वतन्त्र दिनु परेको बताए । कठायतलाई २०७४ सालमा जिल्ला पार्टीले टिकटको निर्णय गरेपनि केन्द्रले कान्तिका सेजुवाललाई दिएको थियो । चन्दननाथ नगरपालिकामा यस अघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीले जित हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्