OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३, २०७७
३३६ पटक

सुर्खेत, ३ बैशाख (रासस) : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शंकास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रमबाट दुईजना कोरोना शंकास्पद भेटिएको जानकारी दिईएको हो ।

केही समय अघि भारतबाट हिडेरै नेपाल आएका दुई पुरुषहरुको स्वाब शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाईएको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिनुभयो । केन्द्रको पिसिआर मेसिनबाट परीक्षण भएपश्चात् आउने प्रतिवेदनबाट कोरोना भए नभएको पुष्टि हुने उहाँले बताउनुभयो । रुकुममा ३९ जनाको स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा देखिएको बताईएको छ ।

“चैत्रमा ३० गते स्वाब संकलनगरी बैशाख १ गते सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराईएको हो,” उहाँले भन्नुभयो, “सुदूरपश्चिममा ९९ वटा स्वाब पठाएका थियौं । हिँजो परीक्षण भएका सबैको रिपोर्ट नेटेटिभ आएको छ । आजको परीक्षणमा उनीहरुको रिपोर्ट शंकास्पद देखिएको हो ।” त्यस्तै, कर्णाली प्रदेशभरि ८५४ को स्वाब संकल भएको र एक हजार जति ¥यापिड टेष्ट भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म घरमै बसेका रुकुमका कोरोना शंकास्पदहरुलाई आज चौरजहारी सामुदायिक अस्पतालको आईसोलेसनमा राखिएको छ । यो घटनालाई गम्भीरता साथ लिईएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्