OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १०, २०७९सुर्खेत,
५८७ पटक

२०७९ वैशाख १० गते, जुम्ली एकता समाज सुर्खेतले सामाजिक कामतिर अग्रसरता छाएको छ । समाजले जुम्ला घर भई सुर्खेत बसोवास गर्ने र कामले आएका नागरिकका लागि सामाजिक काममा एकताबद्ध भएर काम गर्न थालेको छ ।

एकता समाजले सुर्खेतमा रहेका जुम्लाका नागरिकहरुको एकताबद्ध देखी दुख सुख र समस्यामा समन्वय सहकार्य गर्न शुरु गर्नुका साथै सामाजिक काममा समेत अग्रसर भएको छ ।
समितिले शनिवार काक्रेविहारको वनभोज स्थल सरसफाई गरेको अध्यक्ष अमृत पाण्डेले जानकारी दिनुभयो । जुम्ली एकता समाजले काक्रेविहारको सो स्थलमा वनभोज खाएर फोहोर बढ्ने चिन्ता बढेको र सरसफाईमा जोड दिने सन्देश दिने उद्देश्यले सरसफाई कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

यसैगरी एकता समाजले शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा जुम्ला निवासी राष्ट्रिय अनुसन्धान कर्णालीका डिआईजी टेकेन्द्र थापाले सामाजिक क्षेत्रमा काम गर्न र जुम्लाको एकताबद्ध आवाज उठाउने बिषयमा लाग्नुपर्ने बताउनुभयो । लोकसेवा आयोग कर्णालीका सचिव भुपेन्द्र थापाले जुम्लाको विकास र समृद्धिमा सवै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा कोष तथा लेखा नियन्त्रक गोपीचन्द्र भण्डारी सहित जुम्ला स्थायी ठेगाना भएका तथा सुर्खेतमा बसोवास गर्ने कर्मचारी, व्यापारी सहित विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा परिचय तथा शुभकामना दिदै उपस्थित सवैले दुःख र समस्यामा समेत एकजुट भएर सामाजिक भावना कायम गर्ने उद्देश्यले अगाडि बढ्नुपर्ने कुरामा जोड दिईएको छ ।

प्रतिकृया दिनुहोस्