OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०७८काठमाडौं
८७९ पटक

सुर्खेत, चैत ३ गते,

कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले विश्व विद्यालयले अन्वेषणमा जोड दिनुपर्ने बताउनुभयो ।
दोभान मल्टिमिडियाले कर्णालीमा गरेको कार्यक्रम समृद्ध कर्णाली विकासको ५ बर्षको कर्णालीमा उच्च शिक्षा साझा वहश कार्यक्रममा कर्णालीका पूर्व मन्त्री समेत रहेका भण्डारीले पहिले विश्व विद्यालयले खोज अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले उच्च स्तरका शैक्षिक संस्था स्थापना गर्नमा राज्यले विशेष जोड दिनुपर्ने अवको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

नेपालमा एक सय चार बर्ष अगाडि नेपालमा त्रिचन्द्र कलेज स्थापना भएको र ६३ बर्ष पहिले त्रिभूवन विश्व विद्यालयको स्थापना भएको नेपालमा अन्वेषण गर्ने विश्वविद्यालय अवको आवश्यकता रहेकोमा जोड दिनुभयो । अन्वेषण्मा लगानी राज्यले बढाउनुपर्ने भन्दै कर्णालीमा नवपर्वतन अन्वेषण विश्व विद्यालयको विद्ययक दर्ता गराएको जानकारी दिनुभयो । उहाँले कोभिडको समयमा नेपालको कुनै विश्व विद्यालयले नयाँ खोज गर्ने आशा पलाएको भएपनि हुन नसकेको भन्दै विश्व विद्यालयहरुको जनशक्ति खोज अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेश सभामा सिञ्जा सभ्यता विधेयक, पर्वतीय प्रविधि विश्व विद्यालय दर्ता भएको भन्दै पास हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले अव कर्णालीमा भूगोल सुहाउदो उच्च शैक्षिक संस्थाहरु स्थापनामा आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अव प्रविधिको बिक्री गरेर कर्णालीको समृद्धि ल्याईनुपर्ने बताउनुभयो ।

उच्च शिक्षामा लगानी हुनुपर्छ : डाक्टर नन्द सिंह

मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्व विद्यालयमा लगानी र बजेट कम भएको भन्दै लगानी भएमा अन्वेषण गर्न सकिने धारणा राख्नुभयो । उहाँले अव विश्व विद्यालयले नयाँ योजना अनुसार अघि सरेको भन्दै आधुनिक भौतिक संरचना सहित रोजगारीमुखी विश्व विद्यालयको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उपकुलपति सिंहले प्रजातन्त्रपछि पनि विश्व विद्यालयलाई राजनितिक थलोबाट हटाउन नसक्नु विडम्बना भएको बताउनुभयो । विश्वविद्यालयमा विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने काम प्रथामिकतामा रहेको बताउदै राजनिति गर्न नेपालमा रोक्नुभयो । उहाँले शिक्षा क्षेत्रमा २० प्रतिशत र उच्च शिक्षामा २ प्रतिशत बजेत विनियोजन भएमा धेरै काम गर्न सकिनेमा जोड दिनुभयो । उहाँले मध्यपश्चिममा अव अनुसन्धान विकास केन्द्र स्थापना हुनेमा जोड दिनुभयो ।

सुदुरपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमरराज जोशीले विद्यालय स्तरबाटै विद्यार्थीलाईसृजनात्मक र सामाजिक ज्ञान दिन नसक्दा विश्व विद्यालयको ढाड भाचिने डर भएको बताउनुभयो । उहाँले समाजमा चेतनशिल नागरिक उत्पादन गर्ने शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले सुदुर र कर्णाली मिलेर कृषि क्षेत्रमा ठूलो उत्पादन तथा रोजगारी दिने काम गर्न सकिने प्रतिवद्धता जनाउनुभयो । समृद्ध कर्णालीका ५ बर्ष वहश कार्यक्रमको कर्णालीमा उच्च शिक्षा सत्रमा सहभागीले विभिन्न सूझाव पनि दिएका थिए ।

शेशनको सहजीकरण मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक रेशम बिष्टले गर्नुभएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्