OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०७८जुम्ला,
६८५ पटक

चैत २० गते, सुन्दर जुम्ला बजारमा थुप्रिरहेको फोहोर सफाई गर्न सड्कमा विद्यार्थी र यूवा उत्रेका छन् ।

जुम्लाको मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानयि एशिया ईन्टर नेश्नल वोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ यूवा क्लव यूवाहरुले काम गरेका छन् ।
उनिहरुलेक व्यानर सहित बजारमा बढेको फोहोर टिपेर डस्बिनमा राखेर सचेतना दिएका हुन् । सरसफाई अभियानलाई चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।

चन्दननाथ नगरपालिकाका उपप्रमख अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले आफै विद्यार्थी र यूवाको साथमा सड्कमा फोहोर टिप्दै सरसफाई अभियानमा लाग्नु भएको थियो । एशिया स्कुलका सस्थापक तथा चन्दननाथ यूवा क्लवका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिवार केही न केही सामाजिक काम गर्ने योजना अनुसार यो शनिवार विद्यार्थी र यूवाहरु पनि सड्कमा आएका बताउनुभयो ।

सरसफाई कार्यक्रममा खानेपानी तथा सिचाई कार्यालयले ८० भन्दा बढि डस्विन उपलब्ध गराएर विभिन्न स्थानमा फोहोर व्यवस्थापन गर्न सहयोग गरेको छ । सरसफाई अभिायानमा खानेपानी तथा सिँचाईका कार्यालय प्रमुख अनुप श्रेष्ठ पनि सरसफाई कार्यक्रममा सहभागी हुनु भएको थियो । यस अघि पनि नगपालिका, खेलाडीहरु, सुरक्षा निकायले सफाई गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्