बैशाख २, २०७७

५१९ पटक

२०७७ वैशाख २ गते १ काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अनलाइनखबर