OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १, २०७७
४२६ पटक

खलङ्गा वैशाख १ गते । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत चैत २५ गते संकलन गरेको तीन सय २४ जनाको थ्रोट स्वाबमा कोरोना भाईरस देखिएको छैन् ।
जुम्लाबाट जिल्लाका तीन स्थानमा संकलन गरि जहाँज र हेलिकोप्टरबाट काठमाण्डौ पठाईएको थ्रोट स्वाब परीक्षण पटि नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार ३२४ जनाकै स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड १९ क्राईसि व्यवस्थापन मेडिकल टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठैवटा स्थानीय तहका ३२४ व्यक्तिहरुको स्वाब संकलन गरि काठमाण्डौ पठाएको थियो ।
थ्रोट स्वाब नेपाली सेनाको जहाँज स्काभेन र हेलिकोप्टरमा नेपाल सरकारको कोभिड १९ क्राईसिस व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली कोठमाण्डौबाट जुम्ला आई प्रतिष्ठानका मेडिकल टोलीको सहयोगमा जिल्लाका तीन स्थान हेलिकोप्टरबाट संकलन गरेको थियो । बिमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका एकसय ५० जना, यसैगरी जिल्लाको कनकासुन्दरी गाउँपालिकाको लासी पाटनमा ५० जना र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा एकसय २४ जनाको स्वाब संकलन गरेर चैत २५ गते नै काठमाण्डौं पठाईएको स्थानीय प्रशासनले जानकारी दिएको थियो ।
जुम्लाको चन्दननाथ नगरपालिका सहित आठैवटा ३२४ जनाको स्वाब संकलन गरेर काठमाण्डौ लिएपछि नतिजा कस्तो आउने हो भन्ने बिषयमा नागरिक प्रतिक्षामा थिए । स्वाब संकलनको दिनमा भारतबाट आएका सवैको जाँच भएपनि अन्य परिवारका व्यक्तिहरु धेरै आएका कारण किट नपुगेर धेरै फिर्ता भएका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । लक्ष्य दुई सय ५३ भएकाले तीन सय २४ को परीक्षण गर्न सफल भएको निकै सफलता भएको उहाँले बताउनुभयो । वाहिरबाट आएका धेरै आएपछि २४ किट कर्णाली प्रतिष्ठानको प्रयोग गरिएको थियो । सवैको नेगेटिभ आएपछि जुम्ला सुरक्षितको आशा जागेकाले सुरक्षाको रणनिति सोही अनुसार हुने कोभिड कमाण्ड नियन्त्रण टिमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्