OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ३, २०७८जुम्ला,
४९१ पटक

फागुन ३ गते, तातोपानी गाउँपालिकाले विपन्नलाई स्वास्थ्य वीमा कार्ड वितरण शुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर ३ बाट विमा कार्ड वितरण शुरु गरिएको छ । अव सवै वडाका विपन्न नागरिकलाई स्वास्थ्य विमा कार्ड वितरण गर्ने जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर ३ का ५० जनालाई गाउँपालिकामा बोलाएर बिमा कार्ड वितरण गरेको छ । वडा नम्बर ३ का अभिकर्ता रेवति रावलका अनुसार वडा नम्बर ३ मा १० जना अति बिपन्नलाई रु तीन हजार पाँच सयको दरले र अन्यलाई दुई हजारका दरले स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ ।

गाउँपालिकाले विपन्नहरुका लागि स्वास्थ्य वीमा गरेपछि नागरिक खुशी भएका छन् । गाउँपालिकाले अति विपन्न लाउरी रोकाया, चैतीबुढा, धनसिंगे रावत, बिर्ष कार्कीलाई समेत रु तीनहजार पाँच सय रुपैया तिरेर विमा गरिदिएको छ । लाउरी रोकाया मानसिक समस्या भएकी अति विपन्न, सड्का हिड्ने व्यक्ति हुन् । लाउरीलार्ई सड्कमा वेवारिसे अवस्था भेटाउदा नेपाल पत्रकार महासंघका जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले स्थानीय प्रशासन र प्रहरीलाई खबर गरेपछि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले आफ्नो गाडिमा अस्पताल पुरयाएर उपचार भईरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेकी अतिबिपन्न लाउरीको अव गाँउपालिकाले वीमा गरेपछि निशुल्क उपचार हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार तातोपानी गाउँपालिकामा जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत रु १० लाख बजेट विनियोजन गरिएको छ । सोही अन्तरगत सवै वडाका विपन्न नागरिकको विमा गरिएको हो ।

प्रतिकृया दिनुहोस्