OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २९, २०७८
१२६७ पटक

२९ माघ २०७८, शनिबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डमडुल लामा (कार्चेन)ले गृह जिल्ला हुम्लाको पहिलो सहिद परिवारलाई भेट्नुभएको छ । नेकपा (माओवादी केन्द्र) हुम्ला चंखेली गाउँपालिका ६ पुमा गाउँका सहिद भक्त बुढाका घरपरिवारलाई मन्त्री लामाले शनिबार भेट्नुभएको हो ।

दश वर्षे जनयुद्धको क्रममा हुम्ला जिल्लाबाट बुढा पहिलो सहादत प्राप्त गर्ने व्यक्ति हुन् । उनको घर परिवार तथा आफन्तलाई भेटघाटका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेख, कालीकोट, बाजुरा हुँदै शनिबार चंखेली गाउँपालिकामा पुगेको मन्त्री लामाको नीजि सचिवालयले जनाएको छ ।

मन्त्री लामासहित ६ जनाको टोली हुम्ला पुगेको छ । मन्त्री लामाले आइतबार हुम्लामा नै २७औं जनयुद्ध दिवस मनाउनु हुनेछ । सहिद घरपरिवारलाई भेटघाटपछि मन्त्रीको टोलि पुनः बाजुरा हुँदै मन्त्रालयमा फिर्ता हुने बताइएको छ । मन्त्रीसँगै नेकपा (माओवादी केन्द्र) हुम्ला जिल्ला अध्यक्ष लालकेश जैशीलगायतको टोली गएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्