OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०७८सुर्खेत
७८३ पटक

सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुर्खेत आसपासका जिल्लामा सुरक्षा रणनीति बनाउन थालिएको छ ।

स्थानीय तहको निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा ६ जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गरिएको हो ।

कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार बैठकमा सीमा सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने तथा सीमा एरियामा हुने ग्रैह्रकानूनी क्रियाकलाप ६ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्ने निर्णय भएको छ ।

विपद्का घटनाहरूसँग समन्वय, सुरक्षा, लागु औषध ओसारपसार र सूचनाहरू आदान प्रदान गर्नका लागि अन्तर जिल्ला सुरक्षा समन्वय बैठक फलदायी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताउनुभयो ।

सुरक्षा बैठकले ६ जिल्लाका सुरक्षा प्रमुखहरूबिच चिनजान र अपराधका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको विश्वास छ । रेडियाे नेपाल अनलाइनबाट ।

प्रतिकृया दिनुहोस्