OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७८सुर्खेत
९३० पटक

२७ माघ २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर पछिल्लो समयमा मुलुकको अवस्था बिग्रँदै गएको औंल्याउनुभयो । कर्णाली आफैमा उर्बर भूमि हुँदा पनि यहाँका नागरिक आयातमा निर्भर हुनुपरेको उहाँको आशय थियो ।

मुलुकमा कानून बन्यो तर लागु नभएको र भएपनि त्यसको प्रभावकारी बन्न नसकेको बताउँदै प्रमुख सचेतक विष्टले भन्नुभयो, “नेपाल कुर्ची होइन, कृषि प्रधान देश भयो । कानून बन्ने तर यसको अक्षरशः पालना नहुने यस्तै यस्तै कुराले आज कृषिबाट हुँदै मुलुक कूर्चीमा पुगेको छ ।”कर्णालीका सबै स्थानीय पालिकास्तरमा कृषिका दिर्घकालीन् योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा माफियाको राजबाट मुक्त गर्न कर्णाली प्रदेश सरकारले अहिले देखि पहल थाल्नुपर्ने बताउँदै उहाँले कृषिको विकास हुन सकेमात्र यहाँको गरिबी हटाउन सकिने उहाँले बताउनुभयो । वीरेन्द्रनगरको भूमि आज चक्लाबन्दीका नाममा माफियाको हातमा पुगेकोले यसको विषयमा सरकारको ध्यान बेलैमा जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्