OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७८सुर्खेत
२८३ पटक

२७ माघ २०७८, बिहीबार

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशसभा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिनुभएको छ ।

सभामुख शाहीले कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौदेखि नवौं बैठकको क्रममा प्रदेशसभामा सामान्य छलफलका लागि प्रस्तुत भएका पाँचवटै विधेयकमाथिको सामान्य छलफल समाप्त भएपछि कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सभामा प्रस्तुत गर्नुभएको ‘सहकारी ऐन, २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक’, ‘कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रस्तुत गर्नुभएको सूचना प्रविधि तथा आमसञ्चार स्थापना गर्न बनेको विधेयक, २०७७, ‘शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ माथि संशोधनको सूचना दिन ७२ घण्टे समयसीमा प्रारम्भ भएको जनाइएको छ ।

त्यस्तै, सभामुख शाहीले कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले सभामा प्रस्तुत गर्नुभएको गैरसरकारी विधेयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि संशोधनको सूचना दिन प्रदेशसभा सदस्यहरुलाई ७२ घण्टे समयसीमा प्रारम्भ भएको बताउनुभयो । अर्को बैठक आगामी फागुन १६ गते दिउसो १ः०० बजे बस्ने जनाईएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्