OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७८सुर्खेत
२६१ पटक

२७ माघ २०७८, बिहीबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले कर्णाली प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन नगरेको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको नवौं बैठकमा ढ्यापढ्यापे समय प्रयोग गर्दै प्रमुख सचेतक शाहले नेकपा एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागहरुका विषयमा माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको जनाउनुभयो । विशेषगरीः कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिवद्धता कार्यान्वयन नगरेको उहाँले आरोप लगाउनुभयो ।

“माघ १८ गते प्रतिपक्षी दल नेकपा एमाले र प्रदेश सरकारबीच सातबुँदे सम्झौता भयो,” उहाँले भन्नुभयो, “तर एकहप्ता पुग्दा पनि सरकारले कार्यान्वयनको प्रक्रिया अघि बढाएन ।” सम्झौता कार्यान्वन नभए एमालेले कडा कदम चाल्ने प्रमुख सचेतक शाहले चेतावनी दिनुभयो ।

ढ्याप्ढ्यापे समयमा नेकपा एमालेका प्रदेशसभा सदस्यहरु मिनासिंह रखाल, बद्मीक्वारी बोहोरा र खड्क खत्रीले पनि सातवटा बुँदामा गरेका निर्णय प्रतिपक्षीको आँखामा छारो (कसिङ्गर) हाल्ने काम गरेको आरोप लगाउनुभयो । उनीहरुका अनुसार सम्झौताको बुँदा नं.४ अन्तरगत पूर्वाधार विकास कार्यक्रमको कार्यविधि संशोधन गरिएको छैन । हाल दैलेख क र ख, कालीकोट क, डोल्पा क र सल्यान ख क्षेत्रमा प्रदेशसभा सदस्य खाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्