OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७८जुम्ला,
५६३ पटक

२७ माघ २०७८ बिहीबार

जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद तथा खत्याड गाउँपालिका ३ का ५७ बर्षिय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । साँसद बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको छ ।

उनले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमुति लिनु पर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्धा दर्ता भएको बताए । उनले भने,‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ । ’

जाहेरी दिएको चार दिन पछि मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता नभएको बारे चौतफी दबाव सिर्जना भएपछि जिप्रका बाँकेले मुद्दा दर्ता गरेको थियो । पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनको लागि माग गरेकी छिन ।

पीडित महिलाले भनिन्,‘मलाई सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपी सापले मुद्दा दर्ता भइसक्यो, ‘दर्ता नम्बर लिन आउनुहोस भनेर फोन गर्नु भएको थियो । म जिप्रकामा छु । ’

पीडित महिलाले नेपालगञ्ज २ को नामबाट जाहेरी दिइएकी हुन । माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलत्कार गरेको जनाएकी छिन ।

सांसद बानियाँले २०७६ मंसिर ८ मा सामुहिक रुपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए । त्यो रकम फिर्ता गर्नको लागि पटक पटक पीडित महिला संग छलफल तथा भेटघाट गरेका थिए ।

सांसद बानियाँ रुपैयाँ दिन्छु भन्दै माघ १८ गते सुर्खेत पुगेका थिए । तर सुर्खेतमा भेट हुँदा रुपैयाँ नभएको भन्दै नेपालगञ्जमा आफन्तले रकम जम्मा गरिसकेकोले संगै नेपालगञ्ज जान दबाव दिए । उनले अप्सरा होटलको २१५ नम्बर कोठा बुक गरिदिएका थिए । पीडित नेपालगञ्ज २ ले भनिन्,‘मैले घर जान्छु ।भोलि विहान रुपैयाँ ल्याइदिनु भने तर अबेरसम्म रकम आउने भन्दै होटलमै बस्न दबाव दिए । म रुपैयाँ आउने आसैआसमा होटलमा बसेँ । बिहान ५ बजे सांसद बानियाँले ढोका ढकढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए ।

मैले खुसीका साथ ढोका खोले पीडितले भनिन्,‘ढोका खोल्ने वित्तिकै उनले जबरजस्तीकरण गर्न खोजे । मैले अस्वीकार गरे । घटना भयो,करणी गर्न नदिए यही कोठामै मारीदिन्छु भनेर धम्की दिए । म होटलबाट बाहिर निस्कदा करणी गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए । म माथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगे ।’

सांसद बानियाँलाई अनुसन्धानको दायरामा ल्याएर हदै सम्मको कार्वाही गर्न माग गरिएको छ । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्