OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०७८सुर्खेत
५८० पटक

२५ माघ २०७८, बुधबार

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्तरगत आठौं बैठकमा दुईवटा विधेयकमाथि छलफल जारी रहेको छ ।

कर्णाली प्रदेशसभामा विसं.२०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कात्तिक २५ गते दर्ता भएको ‘सूचना, प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथिको छलफल जारी रहेको छ ।

सभामुख राजबहादुर शाहीले समय दिएसँगै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सहकारी ऐन, पहिलो संशोधन गर्न बनेको विधेयक सामान्य छलफलका लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यत्रय पद्मा खड्का, रातो कामी र बिमला केसीले भाग लिनुभयो ।

यस्तै, आमसञ्चार प्रतिष्ठान विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले सामान्य छलफलका लागि सभामा प्रस्तुत गरेसँगै प्रदेशसभा सदस्यहरु गुलाबजंग शाह, मिनासिंह राखाल, दल रावल र सीताकुमारी नेपाली छलफलमा भाग लिनुभयो । प्रदेशसभा सदस्यहरुले सहकारी ऐनको संशोधन गर्न बनेको विधेयक र आमसञ्चार प्रतिष्ठान विधेयकमाथि राखेका जिज्ञासा र सुझावहरुमा कृषि र कानून मन्त्रीद्वय शाहीले जवाफ दिनुभयो ।

सभामुख राजबहादुर शाहीले दुवै विधेयकमाथिको सामान्य छलफल आज समाप्त भएको बताउँदै कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गर्नुभयो । अर्को बैठक भोलि बिहीबार १ः०० बजे बस्ने जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्