OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०७८जुम्ला,
५८९ पटक

२६ माघ २०७८ बुधबार

बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियाले बलात्कार गरेको आरोपमा जाहेरी दिएको तीन दिनसम्म मुद्दा दर्ता हुन सकेको छ्रैन् । मुद्दा दर्ता ढिलाई भएको बिषयमा पिडितले तीन दिन भईसक्दा पनि मुद्दा दायर हुन नसकेको र झन पिडित बनाएको आक्रोश पाेखेकी छन् । पीडितका अनुसार जाहेरी २०७८ माघ २४ गते दिईएको उहाँले जानकारी दिनुभयो ।

पिडित महिलाले सांसद बानियाले आफुलाई बलात्कार गरेको बिषयमा बाँके प्रहरी नेपालगंजमा जाहेरी दिएको तर अहिले सम्म किन ढिलाई भईरहेको हो भन्ने बिषयमा अच्चमित भएको बताइन् । उनले अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर अपडेट गरेर आएकी छु, तर प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नु भन्दै सम्झाएको ति महिलाले जानकारी दिइन् ।

जिल्ला प्रहरी बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले केही ढिलाई भएको बताउनुभयो । उहाँले पिडितको जाहेरी अनुसन्धान भईरहेको बताउनुभयो ।

उहाँले जाहेरी दिईसक्नु भएकोछ, मेडिकल जाँचदेखि घटनास्थल जाँचसमेत भईसकेकाले मुद्दा दर्ता हुने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो । उहाँले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउदै अनुसन्धान हुन मुद्दा दर्ता समेत हुनेमा जोड दिनुभयो ।

बलात्कार मात्रै होईन, ठूलो रकम लिएको छ : पीडित

पीडितले जाहेरी अनुसारको घटना भएको दावी गर्दै न्याय दिन दोषीलाई कठघरामा ल्याउन आम महानुभावहरुले सहयोग गर्न आग्रह गर्नुभयो ।

सांसद बानियाले बालात्कार मात्रै होईन रु २५ लाख ठूलो रकम समेत लिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा उल्लेख गरे अनुसार, पिडितले २०७६ साल मंसिर ८ गते २५ लाख रुपैया उनलाई दिएको र उनले आफु काठमाण्डौमा रहेको, संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको छु, भनि जवाफ दिदै आएको भएपनि लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजसहित फिर्ता दिन भनेपछि चेकसमेत दिएका थिए । तर बैंकमा त्यो चेक नसटेपछि नगद दिन समेत भनेको थिए ।

नेपालगंजमा आफुलाई रकम दिन्छु भनेपछि आफु नेपालगंजको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बाध्य भएको र सोही होटलको अर्को कोठामा बसेका बानियाले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस भन्दा ढोका खोलेको र बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा मुगु जिल्लाका समानुपातिक सघीय सांसद बानियालाई यथाशीघ्र खोजतालास एवं पक्राउ समेत गरी निजलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा हदैसम्म सजाय गरी पाउ भनि उल्लेख छ ।

तस्विर प्रोफाईल : मोहन बानियाको सामाजिक सञ्जालबाट

 

प्रतिकृया दिनुहोस्