![](https://corepati.com/wp-content/uploads/2021/06/830-X-100.jpg)
![](https://corepati.com/wp-content/uploads/2022/02/Rabikiran.jpg)
जुम्ला, नेकपा माओवादी बिप्लबका जिल्ला जिल्ला ईन्चार्ज तथा भेरी कर्णाली ईन्चार्ज चन्द्रविर तिरुवा ( रविकिरण) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
तिरुवा सहित जुम्लाका ३६ जना नेता तथा कार्यकता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता चन्द्रविर तिरुवा ( रविकिरण) सहित नेता कार्यकर्तालाई पार्टीमा पुन स्वागत गर्नुभएको छ । नेता रविकिरणले क्रान्तिको भार पुरा गर्न बिप्लबबाट पनि सम्भव नदेखिएकाले पुरानै घरमा फिर्ता हुनुपर्ने वाध्यता आएको बताउनुभयो ।
नेता रविकिरण सहित जिल्ला सेक्रेटरी तिर्थ वड (विज्ञान), सहसेक्रेटरी अलिबहादुर शाही, अनेमसंघ केन्द्रीय सदस्य अनिता बुढा (सुस्मिता), जिल्ला कमिटि सदस्य नेत्रबहादुर शाही (विगुल) सहित नेता कार्यकताहरु बिप्बल माओवादी त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्
नेता रविकिरण सहितका नेताहरुको आगमनले जुम्ला माओवादी झन बलियो हुने आकलन गरिएको छ । २०७४ सालको निर्वाचनमा ३ स्थानीय तहमा प्रमुख र चन्दननाथ नगरपालिकामा उपप्रमुख, तिला गाउँपालिकामा उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख जुम्लामा माओवादी केन्द्रको रहेको छ ।
माओवादीबाट मोहनवैद्य फाटेर गएपछि बिप्लब माओवादीतिर लाग्नु भएका तिरुवा जनयूद्धकालमा जनमुक्ति सेना हुदै राजनितिमा आउनु भएको थियो ।