OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २३, २०७८जुम्ला,
११३५ पटक

जुम्ला, माघ २३ गते । जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । दर्जनौ बढि मानिसहरु हिउँमा फसेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८ निवासी ३७ बर्षकी देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार वडा नम्बर ७ का पुरुष मुन रावत गोठालो गएको समयमा फर्किने क्रममा हिउँमा परेर मृत्यू भएको र ताम्ति ७ कि महिलाको सेतो चिनी कोर्न जादा फर्किने क्रममा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको जानकारी दिनुभयो ।

दर्जनौ मानिस हिउँमा फसे ,
यसैगरी तातोपानी गाउँपालिका ८ मा अन्दाजी १८ देखी ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार काम गर्न गएका ५५ बढि मानिसहरु फसेका भन्ने खबर आएको छ तर कति मानिस हिउँमा फसे एकिन हुन वाँकी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँमा फसेका मानिसहरु ईमिल्चादेखी तिला गाउँपालिका क्षेत्रको डाडाँनजिक ऐडि ओडार, गाग्री ओडार, खोटि सल्लामा बसेका खबर प्राप्त भएको छ । अध्यक्ष न्यौपानेले फसेका मानिसहरु तीन दिन देखी भोकै भएको अनुमान भएकाले खाद्यन्न वोकेर जान अपिल गरिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार अन्य मानिसहरु हराएको भन्ने खबर पाएपछि बुझ्दै जादा ओडारमा बसेको खबर प्राप्त भएको छ ।

खाद्यन्न वोकेर हेलेकोप्टर उद्धार गर्न जादै :

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार ठूलो मात्रमा हिउँ फसेको खबर प्राप्त भएपछि सो क्षेत्रमा खाद्यन्न सहत वोकेर उद्धार गर्ने तयारी भईरहेको छ । नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भईरहेको छ । त्यसका लागि रातिनै प्रक्रिया पुरा गरेर अगाडि बढाईएको छ ।

प्रतिकृया दिनुहोस्