OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०७८सुर्खेत
३७८ पटक

२१ माघ २०७८, शुक्रबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी ऐतिहासिक महत्वको घटना भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताउनुभयो । “संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,” उहाँले भन्नुभयो, “यसको ध्येय अनुसार जनप्रतिनिधिहरुको संस्था प्रदेशसभा र सरकारले अति क्रियाशील भएर काम गर्न आवश्यक छ ।”

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले कर्णालीको विकास र समृद्धि अँझै बलियो र सुदृढ बन्दै जाने अपेक्षा रहेको बताउँदै प्रदेश प्रमुख परियारले ऐतिहासिक महत्वको बोकेको दिनको स्वर्णीम सपनालाई विपनामा परिणत गर्न सबैको साझा दायित्व रहेको उहाँको भनाई थियो । उहाँले प्रदेश निर्माणको निर्माणमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनदेखि नीति निर्माण गर्ने जनप्रतिनिधिहरुको संस्था प्रदेशसभाको चार वर्षको भूमिका कदर गर्नलायक भएको बताउनुभयो । उक्त कार्यक्रममा सभामुख राजबहादुर शाहीले प्रदेशसभाको चार वर्षे कार्यकालले प्रादेशिक संरचनाको आकार दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो चार वर्षमा सरकार, समिति नीति, बजेट तथा कार्यक्रम निर्माणदेखि ३६ वटा कानून बनाएका छौ । सरकारको कामको प्रभावकारिताको निगरानी गर्दैै आएका छौं ।”

कार्यक्रममा खुला संसद सप्ताहअन्तरगत म प्रदेशसभा सदस्य भए भने शीर्षकको वक्तित्वकलामा प्रथम, द्वितिय, तृतीय, चौथा र पाँचौं स्थान हाँसिल गर्ने छात्र छात्राहरु, उत्कृष्ट कर्माचारी, कुर्ची, घैंटो फोड, ब्याडमिन्टनलगायतका खेलमा सफल खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्य, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्