OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
उमेश बुढा कनकासुन्दरी,माघ २०, २०७८जुम्ला,
६३४ पटक

जुम्ला÷माघ १९ गते, बजार क्षेत्रमा अखाद्य बस्तु भएको नागरिको गुनासो आएपछि सिञ्जाको गुठिज्यूला सहितका बजारमा स्थानीय प्रशासन सहित सरोकारवाला निकायको आकस्मिक अनुगमन भएको छ ।

जुम्लाको सिंजा, चौधविस, पानसय, भेरीखोला भेगमा थुरै साना बजार छन् । ठुला बजारका व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन थालेका दैनिक उपभोग्य सामग्री तिनै साना बजारमा पठाउने गरेको गुनासो पछि स्थानीय स्तरका साना बजारमा अनुगमन थालिएको हो ।

स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कनकासुन्दरी गाउँपालिका र नेपाल पत्रकार महासंघ जुम्ला सहित सरोकारवाला निकायहरुको उपस्थितिमा अनुगमन गरि रु ६० हजार बराबरको अखाद्य सामान जफत गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो । सहायक प्रजिअ रिजालको नेतृत्वमा गएको टोलीले लामो समयको अन्तरालपछि होटल पशलमा म्याद गएका सामान जफत गरि जलाएर नष्ट गरेको छ ।

मिति २०७८ साल माघ १९ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री बिजया कुमारी प्रसाईको अध्यक्षतामा नागरिकको संबैधानिक मौलिक हकको संरक्षण गर्दै प्रचलित कानुन बमोजिम उपभोक्ताको हित संरक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी रिजालको संयोजकत्वमा कनकासुन्दरी गाउँपालिको वडा नं. ५ स्थित गोठिजैला बजार क्षेत्रभित्रका किराना पसल १३ वटा र सिजाँ गाउँपालिका १ किराना पसल संयुक्त रूपमा बजार अनुगमन गरिएको छ ।

बजार अनुगमनको क्रममा देखिएका म्याद नाघेका खाद्म तथा अखाद्म करिव ६०,००० अक्षरूपी (साठ्ठि हजार ) मूल्य बराबरका तपशिल उल्लेखित सामाग्रीहरू जफत गरी गाउँपालिको केन्द्रमा सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको थियो ।

अनुगमनमा कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजनका प्राविधिक सहायक भरत रोकाया सहितका सरोकारवालाको उपस्थिति भएको थियो । नष्ट गरिएका सामानमा चाउचाउ, बिष्कुट, चिउरा,कोक, नेहा सहितका विभिन्न अखाद्य बस्तु रहेका थिए । यस्तै अनुगमन टोलीली ति पशल तथा होटललाई पशल दर्ता गर्नुपर्ने र मिति हेरेर बिक्री गर्नुपर्ने सूझाव दिईएको छ ।

 

प्रतिकृया दिनुहोस्