OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २०, २०७८जुम्ला,
४७२ पटक

जुम्ला,माघ २० गते, तेस्रो भेरियन्टको कोरोनामा खासै गम्भिर प्रकारका विरामी देखिएका छैनन् ।
दोस्रो चरणको कोरोना लहरमा जसरी मान्छेको ज्याननै गुमाउनु पर्ने अवस्था आयो त्यसरी गम्भिर प्रकारका विरामी यो पटक जुम्लामा नभएको स्वास्थ्यकर्मीहरु बताउछन् ।

यस पटक धेरै विरामी होम आईसुलेशनमै बसेका थोरै मात्रामा अस्पतालमा भर्ना भएका बताईएको छ । प्रतिष्ठानका आईसुलेशन विभाग प्रमुख सृजना महतका अनुसार यस पटक अस्पतालमा भर्ना भएका विरामीहरु खासै गम्भिर प्रकारका आएका छैनन् । निकै सिरियस विरामी मात्रै अस्पताल आउने भएकाले खासै विरामी अस्पताल आउने गरेका छैनन् । उहाँका अनुसार समुदायमा भने व्यापक फैलिएको अनुमान रहेको छ ।

यस पटक परीक्षण पनि कम भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मंगलवार सम्म जुम्लामा जम्मा १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्य तीन जना अस्पतालमा भर्ना भएरु उपचार गरिरहेका छन् । मंगरवार सम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप ५ जनामा कोरोना संक्रमण देखिएपछि १३१ जना संक्रमित भएका हुन् । यस मध्य ३८ जना सन्चो भएको तथ्यांक जिल्ला प्रशासन कार्यालयले राखेको छ ।

स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल पेज मार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ । यो पटकको भरियन्टमा समुदायमा कोरोना भएपनि खासै कठिन अवस्थाका विरामी आएका छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुलाई भने अलिकति असर भई उपचार गर्न आउने गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरुले पछिल्लो समय खोप अभियानलाई तिब्र पार्नुका साथै कोरोना परीक्षण गर्ने संकास्पत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भईरहेको छ । पछिल्लो समय १२ देखी १७ बर्षका वालवालिकालाई पनि खोप लगाउने अभियान शुरु भएको बताईएको छ ।

तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो । प्रतिष्ठानका अनुसार कोरोनको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो । तर प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ । आईसुलेशनवार्डलाई फेरी सुचारु गरेको छ । यस्तै कोरोनाको न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्