OnlinePana

आज : २०८३ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १८, २०७८
९६३ पटक

१८ माघ २०७८, मंगलबार

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकबाट पाँचवटा अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् ।

प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्यहरु सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

उक्त विधेयक योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते प्रदेशसभामा पेश गर्नुभएको थियो । पेश भएका कुनैपनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले सभामा निणयार्थ पेश गरेसँगै तीनवटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले आजमा प्रदेशभसा बैठकमा स्वीकृतिका लागि प्रस्ताव गर्नुभएको ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ ।

उक्त बैठकमा कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली र विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले आ–आफ्ना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २३ गते दिउसो १ः०० बजे बस्ने सभामुख शाहीले जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्