OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०७८जुम्ला,
७१४ पटक

२०७८ माघ १४ गते विहीवार,

जुम्लाको जनसंख्या १० हजार चार सय ५६ बढेको छ । जनगणना २०७८ अनुसार
राष्ट्यि जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ को जनगणना अनुसार जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै बृद्धि भएको छ । यसैगरी जुम्लाको बार्षिक जनसंख्या बृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।

यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन् । ८ वटा स्थानीय तहमध्ये सवै भन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सवै भन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्यि जनगणना २०७८ मा उल्लेख गरिएको छ ।

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ रहेको छ । पुरुष १० हजार ४७५ जना र महिला १० हजार ४९८ जना रहेको छ । नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ । गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ रहेको छ । पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना रहेको छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ वटा र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ जना रहेको छ । जसमा पुरुष ६ हजार ३८८ जना र महिला ६ हजार ४१६ जना रहेको छ । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ जना रहेको छ । पुरुष ६ हजार ८०७ जना र महिला ६ हजार ८८० जना रहेको छ ।

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ जना रहेको छ । जसमा पुरुष ८ हजार ३४९ जना र महिला ८ हजार ५३२ जना रहेको छ । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्यि जनगना २०७८ को प्रतिबेदनमा उल्लेख गरिएको छ । सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ जना रहेको छ । जसमा पुरुष ६ हजार ५६१ जना र महिला ६ हजार १८३ जना रहेको छ । सिंजामा घरधुरी संख्या २ हजार २७१ जना र परिवार संख्या २ हजार ४२७ रहेको छ ।

तातोपानी गाउँपालिका जनसंख्या १५ हजार ७२१ जना रहेको छ । पुरुष ७ हजार ७२८ जना र महिला ७ हजार ९९३ जना रहेको जनाएको छ । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० वटा र परिवार संख्या ३ हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ जना रहेको छ । जसमा पुरुष ७ हजार २६१ जना र महिला ७ हजार ४३१ जना रहेको छ । घरधुरी संख्या २ हजार ५८२ वटा र परिवार संख्या २ हजार ६६६ रहेको राष्ट्यि जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।

सुर्खेतको जनसंख्या चार लाख १७ हजार ७७६ रहेको छ भने डोल्पाको जनसंख्या ४२ हजार ९५९ पुगेको छ । यस्तै दैलेखमा जनसंख्या दुई लाख ५३ हजार ३१९, सल्यानमा दुई लाख ३८ हजार ६६८, जाजरकोटमा एक लाख ८९ हजार ३६५, रुकुमपश्चिममा एक लाख ६६ हजार ३५४, कालीकोटमा एक लाख ४४ हजार ९१७, जुम्लामा एक लाख १९ हजार ३७७, मुगुमा ६६ हजार ५४८, हुम्लामा ५५ हजार ४९६ रहेको छ ।

प्रतिकृया दिनुहोस्