OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, माघ १३, २०७८जुम्ला,
३८६ पटक

माघ १३ गते, कोरोनाको समयमा नागरिकलाई सजिलो सेवा प्रवाह गर्न एकिकृत हेल्प डेक्स घुम्ति शिविर शुरु गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अगाडि एकिकृत घुम्ति शिविर शुरुवात गरिएको हो । शिविरमा खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको संका लागेका ईच्छुक व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने , मास्क नलगाएकालाई मास्क लगाउने एकिकृत सेवा सुचारु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेक्स स्थापना गरिएको छ । डेक्सबाट नागरिकलाई खोपसेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडिटिी परीक्षण समेत शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुयभो । एकिकृत हेल्प डेक्सको शुरुवात कार्यक्रममा बोल्दै प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वधित सवै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह शुरु भएको र सेवा लिन बताउनुभयो । हेल्पडेक्समा सेवा लिन नपाएका नागरिकहरुको भिड बढेको छ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले नगरपालिकाले यो समयमा निकै मिहिनेतका साथ खोप कार्यक्रम संचालन गरेको जानकारी दिदै सुचारु गरेको हेल्प डेक्सबाट सेवा लिन नागरिकलाई अनुरोध गर्नुभयो ।

घुम्तिसेवामा मास्क समेत बितरण गरिने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँले मास्कनै नपाएका व्यक्तिहरुलाई सजिलो हुने भएको छ । तेस्रो भेरियन्टको कोरोना संक्रमण बढेपछि कोरोना न्यूनिकरणका लागि अहिले जिल्ला भरी तेस्रो डोजको खोप शुरु भएको छ । यसैमा पनि चन्दननाथ नगरपालिका जुम्लाको सदरमुकाम भएका कारण भिड बढेको छ ।

१५ गतेबाट मोर्डना खोप :
यसैगरी मोडर्ना खोप लगाउन छुटेका वालवालिकाहरुलाई २०७८ माघ १५ गते देखी लगाईने जानकारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईले अघिल्लो चरणमा १० हजार पाँच सय ५८ जना वालवालिकालाई मोर्डना लगाईएको र दोस्रो चरणमा पनि १० हजार पाँच सय ५८ जना वालवालिकालाई लगाउने लक्ष्य गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्