OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ ९, २०७८जुम्ला,
१०२२ पटक

,
खलङ््गा माघ ९ गते, कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको छ ।
प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिहरुलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार तेस्रो लहरमा ५२ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको हो । जसमध्य ३० जना कर्णाली प्रतिष्ठानका कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीलाई कोरोना संक्रमण भएको छ ।

मेडिकल रेकडर बुढाका अनुसार लक्ष्यण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सवैलाई परीक्षण गराउनेहो भने अस्पताल प्रभावित भएकाले सतर्कता अपनाईएको हो । प्रतिष्ठानले पछिल्लो समय पिसिआरबाट १५ जना र एन्टिजनबाट ३७ जनाको परीक्षण गरिएको थियो ।

शुक्रवार १७ जनाको पिसिआर गरेकोमा १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । प्रतिष्ठानमा तेस्रो लहरमा १०७ जनामा कोरोना परीक्षण गरिएको हो । जसमा एन्टिजनबाट ९० जना र पिसिआरबाट १७ जनामा परीक्षण गरिएको बताईएको छ । यसैगरी कर्णाली प्रतिष्ठानको आईयूमा चार जना व्यक्ति अहिले उपचार गरिरहेका बताईएको छ । एक जना स्वास्थ्यकर्मी आईसुबाट डिस्चार्ज गरिएका बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले धेरै व्यक्तिलाई अवस्था सामान्य भएको र स्वास्थ्यकर्मीलाईनै पोेजेटिभ देखिएकाले अव थप योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सेवा प्रभावित हुन नदिन तथा स्वास्थ्यकर्मी स्वस्थ्य हुन थप रणनिति आवश्यक रहेको जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाईनै कोरोना संक्रमण देखिएपछि समुदायमा त्रास समेत बढेको छ ।
जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो ।

दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए ।

 

प्रतिकृया दिनुहोस्