OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही, माघ ३, २०७८सुर्खेत,
६५२ पटक

२०७८ माघ ३ गते, मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समयमा प्रदेश सरकारका कामको बिषयमा जानकारी गराउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा सरकार कोरोना कोभिड १९ तेस्रो लहरसँग जुध्नुपर्ने परिस्थिति आएको भन्दै थालिएका कामको जानकारी गरिएको छ ।
मुख्यमन्त्री शाहीले हाल सम्म कर्णालीमा कुल जनसंख्याको ४५.५ प्रतिशत र पूर्ण खोप ३३.६ प्रतिशतले लगाएको जानकारी दिनुभयो ।

उहाँले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा कर्णाली सरकारले तेस्रो भेरियन्ट ओमिक्रनको असर न्यूनिकरण गर्नका लागि पिसिएमसिको वैठकबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुममा एम्बुलेन्स खरिद गर्न रु २० लाखको दरले र दैलेख, कालिकोट, सल्यान र रुकुममा शव वाहन खरिद गर्न रु १२ लाखको दरले रकम बिनियोजन गरि पठाईएको जानकारी गर्नुभयो ।

मुख्यमन्त्री शाहीले पत्रकार भेटघाटमा कोरोना न्यूनिकरणका लागि प्रदेश अस्पताल सुर्खेतको रु ३८ लाखको अनलाईन यूपिएस सिस्टम रु २ करोडको आवश्यक मेशीनरी सामान खरिदका लागि प्रदेश अस्पतालमा पठाईएको जानकारी दिनुभयो । उहाँले कर्णालीमा रहेका ६६ वटा सामुदायिक स्वास्थ्य ईकाइहरुको लागि ५ लाखका दरले रु तीन करोड ३० लाख पठाईएको बताउनुभयो । प्रदेश सरकारले कर्णालीका विभिन्न आठ स्थानमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताएको छ । यसैगरी उपचारका जिल्ला वाहिरबाट सुर्खेत आउने नागरिकका लागि कर्णाली कर्णाली नागरिक अतिथिगृह निर्माणको काम अगाडि बढेको छ ।

सुर्खेतका वाढीपिडितलाई रु १२ करोड, मुगुलाई रु ६१ लाख :

सुर्खेतका वाढी पिडितलाई स्थानीय तहमा करिब १२  करोड स्थानीय तहलाई र छायानाथ नगरपालिका १ गमगडि मुगुमा भएको आगलागी पिडितलाई रु ६१ लख ८५ हजार रुपैया जिल्ला प्रशासन कार्यालयलाई पठाईएको जानकारी गरिएको छ ।

यसैगरी प्रदेश सरकारका मुख्यमन्त्री शाहीले आफु मुख्यमन्त्री भएबाट सात बटा वैठकका १७ वटा निर्णय भएका र प्रत्यक वुधवार ४ बजे वैठक बस्ने जानकारी दिनुभयो । प्रदेश सरकारको प्रगतिमा राराताल साईकल परिकर्मा मार्गका निर्माणका लागि टेण्डरको सूचना गरिएको, प्रादेशिक जडिवुटि प्रशोधन तथा व्यापार केन्द्रको डिपिआर स्वीकृत आइईई तथा जग्गा प्राप्तिको प्रक्रिया रहेको छ ।

यसैगरी कर्णाली प्रदेशमै गौरवको आयोजना प्रदेश रंगशाला प्रक्रिया अगाडि बढेको, सो रंगशालामा अन्तराष्ट्रिय स्तरको भलिवल कवर्डहल निर्माण हुदैछ । एक जिल्ला एक फुटवल मैदानका लागि रु एक करोड रुपैयाँ रकम पठाईएको र खेलाडी प्रोत्साहन कार्यक्रम ल्याईएको छ ।

९.५ प्रतिशत बजेट खर्च :
कर्णाली सरकारले यस बर्ष पुस मसान्त सम्म ९.५ प्रतिशत बजेट खर्चको प्रगति देखाएको छ । चालु खर्चतिर १४.७८ र पुजीगत तर्फ ६.०५ प्रतिशत खर्च भएको हो । कर्णाली सरकारले रु तीन अर्व ६४ करोड ६७ लाख ६ हजार ९५२ रहेको छ । प्रदेश सरकारले प्रगति प्रतिशत विगत बर्षहरु भन्दा सन्तोषजनक भएको बताएको छ ।

जुम्ला र मुगुुलाई एम्बुलेन्स र शव वाहन थप्न सूझाव :

पत्रकार भेटघाटमा कर्णाली सरकार गठन हुुन नसकेको बिषयमा पत्रकारहरुले जिज्ञासा राखेका थिए । मुख्यमन्त्री शाहीले भने सरकार गठनको बिषयमा मन्त्रीपरिषद पुरा गठन हुन नसकेपनि भने काम खासै नरोकिएको बताउनुभयो । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जुम्ला र मुगुलाई शव वाहन एम्बुलेन्स नछुटाउन मुख्यमन्त्री शाहीलाई सुझाव दिनुभयो

। मुख्यमन्त्री शाहीले भने शव वाहन र एम्बुलेन्सको माग नआएको र माग आएमा तुरुन्तै निर्णय गर्न सकिने बताउनुभयो । तर जुम्लामा  विगतका पटक पटकका वैठकले केन्द्र र प्रदेश सरकारलाई एम्वुलेन्स र शव वाहन माग गर्दैैै आएको छ । यसैगरी मुगुमा पनि शववाहन छैन् । शव वाहन नहुदा सार्वजनिक गाडिमा असहज र महंगो भाडा तिनुपर्ने स्थानीयको वाध्यता रहेको छ ।

यसैगरी पत्रकार भेटघाटमा प्रदेश सरकारका मन्त्रालय अन्तरगतका सचिव, प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापा सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्